बीवाईडी एट्टो१ मा अब ड्राइभर सिटमै मसाज र थप स्टोरेज सुविधा

काठमाडौं–बिवाइडीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याकको दोस्रो पुस्ता एट्टो१(चिनियाँ बजारमा सिगल नामले बिक्री हुने) सार्वजनिक गर्दै यसमा मसाज सुविधासहितको ड्राइभर सिट र ९४ लिटरको अगाडिको स्टोरेज थप गरेको छ ।

नयाँ गाडीमा मल्टि–कलर एम्बियन्ट लाइटिङ, ३/७ स्प्लिट डिजाइनको ठूलो फ्लोटिङ स्क्रिन, पछाडिका यात्रुका लागि मिलाउन मिल्ने एयर भेन्ट र दोस्रो पङ्क्तिको सिटमुनि थप स्टोरेज कम्पार्टमेन्टहरू राखिएका छन् ।

रियर–ह्विल ड्राइभ सेटअपमा आधारित यो कारको लम्बाई ४२०५ एमएम, चौडाई १८१० एमएम र ह्विलबेस २६५० एमएम रहेको छ । यसमा ९५ किलोवाटको इलेक्ट्रिक मोटर र ३० देखि ३९.२ किलोवाट आवरका ब्याट्री विकल्पहरू उपलब्ध छन्, जसले सिएलटीसी मापदण्ड अनुसार ३२० देखि ४२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

केवल ९ मिनेटमा १० देखि ९७ प्रतिशतसम्म चार्ज हुने फ्ल्यास चार्जिङ प्रविधि र गड्स आई बी एडास प्रणालीका लागि रुफमा लिडारको विकल्प समेत दिइएको छ ।

चिनियाँ बजारमा १ लाख युआनभन्दा कम मूल्यमा आउने अनुमान गरिएको यो मोडलले मुख्य रूपमा जिली ईएक्स२ सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

एट्टो१ नेपाली बजारमा समेत बिक्री हुँदै आएको लोकप्रिय ह्याचब्याक कार हो । नेपाली बजारमा यो ३०.०८ किलोवाट आवरको डायनमिक र ३८.८८ किलोवाट आवरको प्रिमियम भेरियन्ट उपलब्ध छ । जसको मूल्य क्रमशः ३० लाख ७५ हजार र ३४ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...