२०० किलोमिटर रेन्ज र १० वर्षको ब्याट्री वारेन्टीसहित एथरको नयाँ कोनार्क इलेक्ट्रिक स्कुटर लन्च
एथर इनर्जीले इलेक्ट्रिक स्कुटर कोनार्क भारतमा सार्वजनिक गरेको छ।...
काठमाडौं–एथरले ८ लाख युनिट खुद्रा बिक्रीको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
सन् २०१८ देखि बजारमा प्रवेश गरेको यस ब्रान्ड ओला, टिभिएस र बजाज जस्ता स्थापित ब्रान्डहरूपछि यो सफलता चुम्ने चौथो भारतीय ब्रान्ड बनेको छ ।
विशेषगरी सन् २०२५ देखि कम्पनीको बिक्रीमा तीव्र उछाल आएको जनाइएको छ । जनवरी २०२५ देखि सेप्टेम्बर २०२६ को छोटो अवधिमा मात्रै ४ लाख ७५ हजार युनिट बिक्री भएको छ, जुन कम्पनीको अहिलेसम्मको कुल बिक्रीको ५९ प्रतिशत हिस्सा हो ।
सन् २०२३ मा १ लाख युनिटको खुद्रा बिक्री पार गरेको एथरले सन् २०२४ मा १ लाख ३६ हजार युनिट स्कुटर बिक्री गरेको थियो । त्यसैगरी, मार्च २०२६ मा ३६ हजार ६३३ युनिट बिक्री गर्दै कम्पनीले आफ्नो इतिहासमै सबैभन्दा बढी मासिक बिक्रीको रेकर्ड समेत बनाएको थियो ।
कम्पनीको पारिवारिक स्कुटर रिज्टा र हालै सार्वजनिक गरिएको नयाँ कोनार्क मोडलका कारण आगामी दिनमा बिक्रीको गति अझै बढ्ने अनुमान गरिएको छ ।
कम्पनीका अनुसार, नयाँ कोनार्क मोडलले प्रतिस्पर्धा बढाउनुका साथै कम्पनीको नाफा दरलाई पनि सुदृढ बनाउँदै लगेको छ । नयाँ मोडलहरूको उच्च मागसँगै एथरले यो वर्षमात्रै ३ लाख ५० हजार युनिट स्कुटर बिक्री गर्ने लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...