एथर अपग्रेड फेस्टिभल सुरु हुँदै, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक

काठमाडौं - नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कम्पनीले कार्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने उक्त अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने जनाएको छ ।

आठ दिनसम्म सञ्चालन हुने यस अभियानमार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरमा अपग्रेड गर्ने अवसर पाउने कम्पनीको भनाइ छ । चाडपर्वको उल्लासलाई निरन्तरता दिँदै आयोजना गरिएको फेस्टिभलले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एथरले आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र आरामदायी यात्रालाई प्राथमिकता दिँदै आफ्ना स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल तथा म्याजिक ट्विस्टजस्ता सुविधाहरू रहेका छन् । ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

देशभरका १७ स्थानमा सञ्चालन हुने

एथर अपग्रेड फेस्टिभल देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरहरूमा सञ्चालन हुनेछ । काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरमा रहेका सेन्टरमार्फत ग्राहकले स्कुटरका मोडल, प्रविधि तथा उपलब्ध अफरबारे जानकारी लिन सक्नेछन् ।

कम्पनीका अनुसार नक्साल, भक्तपुर, टेकु, झम्सिखेल, बौद्ध, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका एथर एक्सपिरियन्स सेन्टरहरूमा अभियान सञ्चालन हुनेछ ।

विद्युतीय सवारीमा अपग्रेड गर्ने अवसर

कम्पनीले आठ दिनका लागि मात्र उपलब्ध यस अफरमार्फत ग्राहकलाई आधुनिक विद्युतीय सवारी प्रविधिको अनुभव लिन आग्रह गरेको छ । ग्राहकले आफ्नो नजिकको एथर एक्सपिरियन्स सेन्टरमा पुगेर उपलब्ध मोडल तथा आफूले प्राप्त गर्न सक्ने क्यासब्याक सुविधाबारे जानकारी लिन सक्नेछन् ।


लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...