औडी ए६ ई-ट्रोन बन्यो सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार, फुल चार्जमा १३३८ किमी यात्रा

औडीको इलेक्ट्रिक कार ए६ ई-ट्रोनले फुल चार्जमा १३३८ किलोमिटर यात्रा गर्दै इलेक्ट्रिक कारतर्फ नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ। यसअघि लुसिड एयर ग्रान्ड टुरिङले स्विट्जरल्याण्ड र जर्मनीबीच करिब १२०५ किलोमिटर यात्रा गर्दै बनाएको रेकर्डलाई औडी ए६ ई-ट्रोनले पछि पारेको हो।

सो रेकर्ड पोल्याण्डमा कायम गरिएको हो। रिपोर्टका अनुसार सो कार मिको मार्जिकले सेप्टेम्बर ११ मा बिहान १:५५ बजे यात्रा सुरु गरेका थिए। उनले पोल्याण्डको भिस्टुला नदी आसपासको सडक हुँदै बाल्टिक सागरमा रहेको हेल प्रायद्वीपसम्म यात्रा गरेपछि पुनः फर्किएका थिए। यस क्रममा कारले जम्मा १३३८ किलोमिटर दूरी पार गरेको थियो।चालकले यसलाई सामान्य सार्वजनिक सडक र नियमित ट्राफिकबीच चलाएका थिए। सम्पूर्ण यात्रा पूरा गर्न करिब ४५ घण्टा लागेको थियो भने यात्राका क्रममा औसत तापक्रम १५ डिग्री सेल्सियस रहेको बताइएको छ।

कारमा ९४.९ किलोवाट आवरको युजेबल ब्याट्री प्याक जडान गरिएको थियो । यसमा ३६७ एचपी क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले कारलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.४ सेकेन्डमै हासिल गर्न सक्षम बनाउँछ। यात्राका क्रममा कारले औसत ७.०९ किलोवाट आवर प्रति १०० किलोमिटर ऊर्जा खपत गरेको दाबी गरिएको छ।

कारको ड्र्याग कोफिसिएन्ट ०.२१ सीडी रहेको छ, जुन औडीका उत्पादन कारमध्ये निकै कम हो। कारको बडीलाई हावाको प्रतिरोध कम हुने गरी डिजाइन गरिएको छ, जसले उच्च गतिमा समेत ऊर्जा खपत घटाउन सहयोग गर्छ। विशेषगरी अगाडिको डिजाइन, तल्लो बडी र ह्विल एरियामा गरिएको एरोडायनामिक सुधारले कारको दक्षता बढाएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...