पहिलाे १२५ सीसी ड्युअल च्यानल एबीएसको हिरो एक्स्ट्रिम १२५आर प्रिमियम भेरिएन्ट लन्च

हिरो मोटोकर्पले आफ्नो लोकप्रिय स्पोर्टी मोटरसाइकल हिरो एक्स्ट्रिम १२५आरको नयाँ प्रिमियम भेरिएन्ट लन्च गरेको छ। सो बाइक १२५ सीसी सेग्मेन्टमा ड्युअल च्यानल एबीएस सहितको भारतमा पहिलो बाइक हो । सो बाइकले होन्डा हर्नेट सीबी१२५, टीभीएस रेडर र बजाज पल्सर एन१२५ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

ड्युअल च्यानल एबीएस सिस्टमका कारण अब ब्रेकिङका बेला अगाडिबाट मात्र होइन, पछाडिबाट पनि एबीएसको कन्ट्रोल गर्न सकिनेछ, जसले चिप्लिने र असन्तुलन हुने जोखिम न्यून बनाउनेछ । कम्पनीका अनुसार यो सुविधा विशेषगरी स्पिड र सेफ्टी दुवै चाहने युवा राइडरलाई लक्ष्यित गरिएको हो ।

यसमा नयाँ ग्राफिक्स, शार्प ट्याङ्क एक्सटेन्सन, एङ्गुलर साइड प्यानल, हाई सेट सेक्शन र टायर हगरले बाइकलाई स्पोर्टी र आकर्षक बनाएको छ । यसमा एलईडी हेडलाइट सेटअप,  मस्कुलर ट्याङ्क र अपस्वेप्ट एक्जस्ट पनि समावेश छ । यसको तौल १३६ किलो भएकोले शहरी मार्गमा ह्यान्डलिङ सहज हुने बताइएको छ।

हिरो एक्स्ट्रिम १२५आरलाई डायमन्ड टाइप फ्रेमका रूपमा तयार पारिएको छ भने अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ७ स्टेप एडजस्टेबल हाइड्रोलिक मोनोशक सस्पेन्सन राखिएको छ। ब्रेकिङका लागि अगाडि २४० एमएम र पछाडि १३० एमएम डिस्क ब्रेक दिइएको छ । साथै सबै भेरिएन्टमा पछाडि ड्रम ब्रेक उपलब्ध छ।

यसमा १२४.७ सीसी, एयर-कुल्ड, ४-स्ट्रोक सिंगल-सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ८२५० आरपीएममा ११.३९ पीएस पावर र ६००० आरपीएममा १०.५ एनएमको टर्क उत्पादन गर्छ। ५ स्पिड गियरबक्ससहित सो बाइकले ५.९ सेकेन्डमै ०–६० किलोमिटर प्रतिघण्टाको गति लिनसक्ने कम्पनीको दाबी छ। यसको माइलेज ६६ किलोमिटर प्रतिलिटर रहेको छ । यसमा स्ट्रिट, रोड र अफरोड गरी तीन राइडिङ मोड राखिएको छ।

सो बाइकमा ब्लुटुथ कनेक्टिभिटी सहितको ४.२ इन्चको टीएफटी एलसीडी डिस्प्ले राखिएको छ, जसबाट डिजिटल स्पिडोमिटर, फ्युल गेज, ट्रिप मिटर, टर्न-बाइ-टर्न नेभिगेसन, कल तथा सन्देश अलर्ट र म्युजिक कन्ट्रोल जस्ता फिचर रहेको छ । साथै स्प्लिट पिलियन ग्र्याब रेल र एलईडी लाइटिङले पनि बाइकको प्रिमियम फील थपिएको छ।

सम्बन्धित समाचारहरू

हिरो एक्सट्रिम १६०आर को अपडेट भर्सन लन्च, ड्युअल च्यानल एबीएस र फुल्ली डिजिटल मिटर समावेश

हिरो एक्सट्रिम १६०आर को अपडेट भर्सन लन्च, ड्युअल च्यानल एबीएस र फुल्ली डिजिटल मिटर समावेश

हिरो मोटोकर्पले एक्सट्रिमको अपडेट भर्सन २०२३ एक्सट्रिम १६०आर ४भी भारतमा...

हिरोका दुई नयाँ स्कुटर सार्बजनिक, यस्ता छन् विशेषता

हिरोका दुई नयाँ स्कुटर सार्बजनिक, यस्ता छन् विशेषता

हिरो मोटोकर्पले जुम सिरिजका दुई नयाँ स्कुटर सार्बजनिक गरेको छ । भारतमा...

यी हुन् हिरो मोटोकर्पले ल्याएका ४ नयाँ बाइक र स्कुटर

यी हुन् हिरो मोटोकर्पले ल्याएका ४ नयाँ बाइक र स्कुटर

हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा ४ नयाँ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...