सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
काठमाडौं– भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले स्प्लेन्डर प्लस एक्सटेकको नयाँ भेरिएन्ट लन्च गरेको छ । स्प्लेन्डर उत्पादन हुन थालेको ३० औं बार्षिकोत्सवको अवसर पारी कम्पनीले स्प्लेन्डर प्लस एक्सटेक २.० भेरिएन्ट लन्च गरेको हो ।
सो नयाँ भेरिएन्टमा ९७.२ सिसी क्षमताको एयरकुल्ड इन्जिन जडान गरिएको छ । जसको पावर ८.०२ बिएचपी र टर्क ८.०५ एनएम छ । ४ स्पिड गियरवक्स जडान गरिएको उक्त नयाँ मोटरसाइकलले एक लिटर पेट्रोलको खपतम ७३ किलोमिटर माइलेज दिने दावी गरिएको छ । यसमा हिरोको आई३ एस स्टार्ट÷स्टप सिस्टम दिइएको छ ।
डुअल टोन कलर स्किम दिइएको स्प्लेन्डर प्लस एक्सटेक २.० मा गोलाकार आकारको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र यूएसबी चार्जिङ पोर्ट लगायत फिचर पाउन सकिन्छ ।
मोटरसाइकलको मूल्य ८३ हजार भारु निर्धारण गरिएको छ । जुन स्ट्यान्डर्ड एक्सटेकको तुलनमा ३ हजार भारु बढी हो । सो नयाँ मोटरसाइकलले बजारमा बजाज प्लाटिना १०० र होन्डा साइन १०० संग सिधा प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...