होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक
हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...
काठमाडौं–नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै शक्तिशाली इन्जिनमा आएको छ । नाडा अटो शोमा प्रदर्शनका लागि मात्र राखिएको सो एक्सपल्स २१० बाइकको मूल्य भने सार्वजनिक भएको छैन ।
हालको एक्सपल्स २०० भन्दा बढी एड्भेन्चर फिल हुनेगरी यसको डिजाइन गरिएको छ । साथै, इन्जिन समेत केही ठूलो भएका कारण यसले दिने पावर र पर्फमेन्स समेत उच्च रहेको छ । एक्सपल्स २१० को सिट हाइट समेत केही अग्लो छ भने तौल १० केजी बढि छ । इन्जिन ठूलो भएका कारण यसले दिने माइलेजमा भने केही कमी हुनेछ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २४.६ बीएचपी पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीड गियरबक्स दिइएको छ । एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकि दिइएको छ भने मोटरसाइकलको फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फर्क तथा रियरमा ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
यस मोटरसाइकलमा स्वीचएबल डुअल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्डस्क्रिन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।
हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...
काठमाडौं– हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद छुट र शून्य...
काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...