हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी जित्न सकिने
काठमाडौं – सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा...
हिरो मोटोकर्पले जुम स्कुटर लन्च गरेको छ । सो स्कुटरमा कर्नरिङ लाइट जडान गरिएको छ, जसले सडकको दायाँ र बायाँ पनि उज्यालो बनाउँछ । यसले रातको समयमा यात्रा गर्दा अझ बढी सुरक्षित हुनेछ । यद्यपि सो लाइट टप भेरिएन्ट जेडएसमा मात्र उपलब्ध हुनेछ ।
हिरो जुमलाई ५ रङमा प्रस्तुत गरिएको छ । यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटीसहित १२ इन्च अलोय ह्विल छ । यसको डिजिटल डिस्प्ले ब्लुटुथ मार्फत स्मार्टफोनमा जडान गर्न सकिन्छ । स्कुटरमा पेट्रोल कम छ भने लो फ्युल इन्डिकेटर पनि उपलब्ध छ । स्कुटरमा फोन चार्ज पनि गर्न सकिन्छ ।
हिरो जुम शार्प र स्क्ल्प्टेड डिजाइनमा उपलब्ध छ । यसमा एलईडी हेडलाइट र एक्स आकारको एलईडी डेटाइम रनिङ लाइट उपलब्ध छ । स्कुटरको फ्रन्ट एप्रन एंगुलर छ र ह्यान्डलबार काउलिङमा टर्न इन्डिकेटर छ । स्कुटरमा अग्लो र चौडा टायर दिइएको छ ।
सो स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड एफआई इन्जिन जडान गरिएको छ । जसले ८.०५ बीएचपीको पावर र ८.७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा हिरो मोटोकर्पको आई३एस प्रविधि पनि जडान गरिएको छ ।
हिरो जुम स्कुटरले टीभीएस जुपिटर र होन्डा एक्टिभा स्मार्टसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा...
काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...
सिजी मोटर्सले हालै हिरोका दुई नयाँ मोटरसाइकल लन्च गरेको छ । यी दुबै मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...