हिरोले ल्यायो कर्नरिङ लाइट सहित नयाँ मोडलको स्कुटर ‘जुम’

हिरो मोटोकर्पले जुम स्कुटर लन्च गरेको छ । सो स्कुटरमा कर्नरिङ लाइट जडान गरिएको छ, जसले सडकको दायाँ र बायाँ पनि उज्यालो बनाउँछ । यसले रातको समयमा यात्रा गर्दा अझ बढी सुरक्षित हुनेछ । यद्यपि सो लाइट टप भेरिएन्ट जेडएसमा मात्र उपलब्ध हुनेछ ।

हिरो जुमलाई ५ रङमा प्रस्तुत गरिएको छ । यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटीसहित १२ इन्च अलोय ह्विल छ । यसको डिजिटल डिस्प्ले ब्लुटुथ मार्फत स्मार्टफोनमा जडान गर्न सकिन्छ । स्कुटरमा पेट्रोल कम छ भने लो फ्युल इन्डिकेटर पनि उपलब्ध छ । स्कुटरमा फोन चार्ज पनि गर्न सकिन्छ ।

हिरो जुम शार्प र स्क्ल्प्टेड डिजाइनमा उपलब्ध छ । यसमा एलईडी हेडलाइट र एक्स आकारको एलईडी डेटाइम रनिङ लाइट उपलब्ध छ । स्कुटरको फ्रन्ट एप्रन एंगुलर छ र ह्यान्डलबार काउलिङमा टर्न इन्डिकेटर छ । स्कुटरमा अग्लो र चौडा टायर दिइएको छ ।

सो स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड एफआई इन्जिन जडान गरिएको छ । जसले ८.०५ बीएचपीको पावर र ८.७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा हिरो मोटोकर्पको आई३एस प्रविधि पनि जडान गरिएको छ ।

हिरो जुम स्कुटरले टीभीएस जुपिटर र होन्डा एक्टिभा स्मार्टसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

नेपालमै पहिलो पटक हिरो ब्रान्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२ आयोजना हुँदै

नेपालमै पहिलो पटक हिरो ब्रान्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२ आयोजना हुँदै

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी...

महंगो वन्दै हिरो मोटरसाइकल र स्कुटर, एक वर्षमा पाँचौ पटक मूल्य बृद्धि गर्दै कम्पनी

महंगो वन्दै हिरो मोटरसाइकल र स्कुटर, एक वर्षमा पाँचौ पटक मूल्य बृद्धि गर्दै कम्पनी

हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य बृद्धि गर्ने भएको छ । उत्पादन...

शुरु भयो हिरो जुम ११० स्कुटरको डेलिभरी

शुरु भयो हिरो जुम ११० स्कुटरको डेलिभरी

हिरो मोटोकर्पले ३० जनवरीमा जुम ११० स्कुटर लन्च गरेको थियो । हाल यो स्कुटरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...