कम्ब्याट एडिसनमा आयो हिरो जुम, यस्तो छ विशेषता

हिरो मोटोकर्पले जुम स्कुटरको कम्व्याट एडिसन लन्च गरेको छ । टप भेरिएन्टका रुपमा आएको सो नयाँ स्कुटरको मूल्य जेडएक्स भन्दा १ हजार भारु बढी निर्धारण गरिएको छ । ८१ हजार भारु तोकिएको स्कुटरमा नयाँ रंग र ग्राफिक्स दिइएको छ ।

विशेष फिचरका रुपमा यसमा म्याट स्याडो ग्रे पेन्ट फिनिश दिइएको छ । जेट लडाकुहरूबाट प्रेरित नयाँ ग्राफिक्सले स्कुटरलाई अझ आक्रामक र स्पोर्टी लुक दिएको छ । स्टाइलिस एक्सटेरियर बाहेक हिरो जुम कम्ब्याटमा कुनै मेकानिकल परिवर्तन गरिएको छैन । यसमा ११०.९ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ जसले ७,२५० आरपीएममा ८.०५ बीएचपी र ५,७५० आरपीएममा ८.७ एनएम टर्क उत्पादन गर्छ ।

स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोर्क र सिंगल शक एब्जर्वर जडान गरिएको छ । स्कूटरको अगाडि डिस्क ब्रेक, रियर ड्रम ब्रेक र कम्बी ब्रेकिङ सिस्टम पाउन सकिन्छ । स्कुटरमा ब्लुटुथ जडान भएको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सिग्नेचर एलईडी डिआरएलएस भएको एलइडी प्रोजेक्टर हेडल्याम्प र एच आकारको एलइडी टेललाइट लगायत फिचर दिइएको छ ।

जुम नेपाली बजारमा समेत उपलब्ध छ । यो स्कुटरलाई सिजी मोटर्सले स्वदेशमै एसेम्वल गरि बिक्री गर्दै आएको हो ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्स अब ३०० सीसीमा आउने, यस्ता हुनेछन् अन्य मोडल

हिरो एक्सपल्स अब ३०० सीसीमा आउने, यस्ता हुनेछन् अन्य मोडल

दुई पाङ्ग्रे सवारी साधनमा अफ–रोड बाइकको क्रेज बढ्न थालेको छ । हिरो...

बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...

एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय बन्दै हिरो एक्सपल्स २००, बढ्यो १४१ प्रतिशतले बजार

एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय बन्दै हिरो एक्सपल्स २००, बढ्यो १४१ प्रतिशतले बजार

इन्ट्रि लेभलको एड्भेन्चर टुरिङ मोटरसाइकल हिरो एक्सपल्स अहिले यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...