हिरोको पहिलो इलेक्ट्रिक मोटरसाइकल परिक्षणका क्रममा देखियो

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको उत्पादन संस्करणलाई परिक्षण गर्न सुरु गरेको छ । गत वर्ष भएको ईक्मा अटो शोमा हिरो मोटोकर्पले भिडा भीएक्सजेडको कन्सेप्ट सार्बजनिक गरेको थियो ।

सो नयाँ मोटरसाइकलमा स्पोर्टी स्ट्रिटफाइटर डिजाइन दिइएको छ । यसमा भिडाको एलईडी डीआरएल, मस्कुलर ट्याङ्क एक्सटेन्सन, साँघुरो टेल सेक्सन, स्टेप्ड सिट र ५ स्पोक एलोय ह्वील सहितको डायमेन्ड सेप्ड हेडल्याम्प उपलब्ध गराइएको छ ।

परीक्षण बाइकको अगाडि यूएसडी फोक्र्स राखिएको छ भने पछाडि मोनोशक देखिन्छ । दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको भिडा भिएक्सजेडमा परम्परागत चेन सेटअपको सट्टा बेल्ट ड्राइभ सुविधा दिइएको छ ।

हिरो मोटोकर्पले बाइकको प्राविधिक विशिष्टताहरू अझै बाहिर ल्याएको छैन । यद्यपी यसले २०० सिसी क्षमताको पेट्रोल बाइक वरावर पावरट्रेन पाउन अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...