याडियाका २०२२ मोडल नेपाल भित्रिदै, २० हजार डिस्काउन्ट र ७ एसेसरिज निःशुल्क
काठमाडौं – नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिने...
हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८० किलोमिटरको दुरी पार गरी गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको छ । सो अधिकतम दुरी पार गर्ने कीर्तिमान हिरो सेन्टर फर इनोभेसन एण्ड टेक्नोलोजीले गरेको हो ।
सो कीर्तिमान बनाउनका लागि हिरो सेन्टर फर इनोभेसन एन्ड टेक्नोलोजीको टोलीले रिले बनाएर यो उपलब्धि हासिल गरेको हो । एकपछि अर्को गर्दै स्कुटर र त्यसको ब्याट्री लगातार बदलियो र १७८० किलोमिटरको दुरी तय गरियो । यसअघि विद्युतीय दुई पाङ्ग्रे सवारी साधनले सबैभन्दा लामो दूरी ३५० किलोमिटर पार गर्ने कीर्तिमान बनाएको थियो ।
सो रेकर्डपछि कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो रेकर्ड बनाउने सम्पूर्ण श्रेय जयपुर र जर्मनीमा रहेको अनुसन्धान तथा विकास टोलीलाई जाने बताएको छ ।
कम्पनीले हाल स्कुटरका २ भेरिएन्ट भिडा भी१ प्लस र भिडा भी१ प्रो उपलब्ध गराइरहेको छ । सो स्कुटरले एक पटक चार्ज गर्दा १६५ किलोमिटरको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ ।
यसको मूल्य १ लाख ४५ हजार भारु देखि सुरु हुन्छ । कम्पनीले हिरो भिडा २०२३ भारतका सम्ममा १०० सहरमा उपलब्ध गराउने लक्ष्य राखेको छ । नेपालमा पनि भविष्यमा यो स्कुटर आउने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिने...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...