हिरो इलेक्ट्रिकलाई उछिन्दै ओला बन्यो सर्बाधिक बिक्री हुने इलेक्ट्रिक स्कुटर
हिरो इलेक्ट्रिकलाई उछिन्दै ओला भारतको नम्वर वान इलेक्ट्रिक स्कुटर...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ ।
क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरु साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीको भनाइ छ ।
एक्सचेन्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरु रहेका छन् ।
यस कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।
आगामी बजेट पश्चात विद्युतीय गाडीको मूल्यमा वृद्धि हुने हल्ला समेतलाई मध्यनजर गरी कम्पनीले मूल्य परिवर्तन हुनु भन्दा पहिले नै फाइदा लिन सकिने संकेत समेत गरेको छ ।
हिरो इलेक्ट्रिकलाई उछिन्दै ओला भारतको नम्वर वान इलेक्ट्रिक स्कुटर...
महिन्द्रा प्यासेन्जर कार तथा इलेक्ट्रिक भेहिकलको आधिकारिक बितरक अग्नी...
मारुती सुजुकी इलेक्ट्रिक क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...