सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज परफर्मेन्स बिद्युतिय मोटरसाइकल विकास गर्ने जनाएको छ । २०२३ मा अमेरिकामा रहेको कम्पनी जेरो मोटरसाइकलसंग साझेदारीको घोषणा गरेको हिरोले एक वर्ष पछि नयाँ मोडलमा बिद्युतिय मोटरसाइकल ल्याउने घोषणा गरेको हो ।
बिद्युतिय टु–ह्विलरको विकासमा आक्रमक देखिएको हिरो मोटोकर्पले २०२२ मा क्यालिफोर्नियामा २० मिलियन डलरसम्म लगानी गरेको थियोृ । लगत्तै जेरो र हिरोले दुई वर्षभित्र प्रिमियम इलेक्ट्रिक बाइकहरू विकास गर्न सहकार्यको घोषणा गरेका थिए ।
नयाँ मिड साइज परफर्मेन्स बिद्युतिय बाइकको बारेमा कुरा गर्दै, हिरो मोटोकर्पका सीईओ निरञ्जन गुप्ताले भने, ‘हामीले अहिलेसम्म टाइमलाइन घोषणा गरेका छैनौं, तर हामी केहि नयाँ गर्दैछौ ।’ उनले आगामी विद्युतीय मोटरसाइकलले परफर्मेन्स सेग्मेन्टमा राम्रो बजार पाउने समेत पुष्टि गरे ।
हिरोले हाल भारतीय बजारमा भीडा ब्रान्डको बिद्युतिय स्कुटर बिक्री गरिरहेको छ । जसको मूल्य १ लाखदेखि १ लाख ५० हजार भारुसम्म कायम गरिएको छ । कम्पनीले यो वर्ष थप नयाँ सेग्मेन्टका स्कुटर ल्याउने समेत तयारी गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...