हिरोले वन्द गर्यो एक्सपल्स २०० २भीको उत्पादन

भारतको सवैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरोले एक्सपल्स २०० २भीको उत्पादन वन्द गरेको छ । यसको नयाँ भर्सन ४भी बजारमा आएसंगै यो पुरानो मोडललाई वन्द गर्ने कम्पनीले निर्णय लिएको हो ।

यो पुरानो मोडलमा हिरोले १९९ सिसीको सिंगल सिलिन्ड इन्जिन दिएको थियो । जसको पावर १७.८ विएचपी र टर्क १६.४५ एनएम रहेको छ । जवकी नयाँ मोडल ४ भीको पावर १८.८ विएचपी र टर्क १७.३५ एनएम रहेको छ ।

भारतीय बजारका लागी इन्ट्रि लेवल एड्भेन्चर वाइकका रुपमा लिइँदै आएको यो मोटरसाइकल सेग्मेन्टमै सर्बाधिक विक्री हुने मोडल समेत हो । नेपाली बजारमा यसको पुरानो र नयाँ दुईवटै भर्सन उपलब्ध रहँदै आएको छ ।

हिरोले केटिएम ३९० र रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिनेगरी निकट भविष्यमै एक्सपल्स ४०० समेत लन्च गर्ने तयारी अघि बढाएको छ । होन्डासंगको साझेदारी टुगिंएपछि भारतमा यो व्रान्ड झनै आक्रमक भएर आइरहेको छ । उसले निकट भविष्यमै हार्ले डेभिड्सनसंगको सहकार्यमा अर्को नयाँ मोडल लन्च गर्ने योजना समेत अघि सारेको छ ।

सम्बन्धित समाचारहरू

हिरोले बनायो विश्वकै ठूलो मोटरसाइकल लोगो, बन्यो वर्ल्ड रेकर्ड

हिरोले बनायो विश्वकै ठूलो मोटरसाइकल लोगो, बन्यो वर्ल्ड रेकर्ड

हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो मोटरसाइकल लोगो बनाएर गिनिज वर्ल्ड...

हार्ले डेभिड्सन संगको सहकार्यले हिरोलाई भयो फाइदा, माभ्रिक ४४० बेलायतमा पनि लन्च हुने

हार्ले डेभिड्सन संगको सहकार्यले हिरोलाई भयो फाइदा, माभ्रिक ४४० बेलायतमा पनि लन्च हुने

भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरोले पहिलोपटक बेलायतमा आफ्नो...

यसकारण राइडरको रोजाइमा पर्न सक्छ हिरो एक्सपल्स २०० फोरभी

यसकारण राइडरको रोजाइमा पर्न सक्छ हिरो एक्सपल्स २०० फोरभी

हिरो एक्सपल्स एड्भेन्चर मोटरसाइकल प्रेमीमाझ एकदमै लोकप्रिय मोटरसाइकल हो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...