सडक दुर्घटनाका पीडितको सम्झनामा धुलिखेलमा दीप प्रज्वलन
काठमाडौं–विश्व सडक दुर्घटना पीडित स्मृति दिवस २०२६ को अवसरमा...
काठमाडौं - नेपालमा अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, सिर्जना तथा स्थानीय आविष्कार र आएडियालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक ‘अटोनेपालिका २०२६’ आयोजना हुने भएको छ ।
आगामी मंसिर ११ गते शुक्रबार काठमाडौं विश्वविद्यालयको हल, धुलिखेलमा आयोजना हुने उक्त कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
‘इनोभेसन, एक्सप्लोरेसन, ट्रान्सफरमेसन’ नाराका साथ आयोजना हुन लागेको अटोनेपालिका मोटरिङ नेपाल र अभियन्ताको संयुक्त आयोजना तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौं विश्वविद्यालयको सहकार्यमा हुन लागेको हो ।
कार्यक्रममा अटोमोबाइल, मेकानिकल तथा यातायात इन्जिनियरिङका विद्यार्थी, अध्येता, प्राध्यापक, स्वतन्त्र आविष्कारक, उद्योग क्षेत्रका प्रतिनिधि तथा अटोमोबाइलप्रेमीहरूको सहभागिता रहनेछ ।
अटोनेपालिकामा विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थी तथा इनभेन्टरले निर्माण गरेका काटर्स, कार, ड्रोन, नमुना सवारीसाधन तथा अन्य प्राविधिक सिर्जनाहरू प्रदर्शन गरिनेछन् । साथै, नेपालमै विकसित स्थानीय आविष्कार तथा अटोमोबाइलसम्बन्धी नवीन प्रविधिहरूलाई पनि प्रदर्शनीमा राखिने छ । विद्युतीय सवारीसाधन, विद्युतीय सवारी रूपान्तरण, हाइब्रिड प्रणाली तथा वैकल्पिक इन्धन प्रविधिसम्बन्धी प्रयोग र आविष्कारलाई विशेष प्राथमिकता दिइनेछ ।
यसका अतिरिक्त नेपालका ऐतिहासिक तथा पुराना सवारीसाधनसम्बन्धी पोस्टर र भिडियो प्रदर्शनी, अटोमोबाइलका उपकरण तथा आधुनिक प्रविधियुक्त सामग्रीहरूको प्रदर्शन र विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन हुनेछ ।
कार्यक्रमअन्तर्गत ‘शैक्षिक क्षेत्र र नेपाली अटोमोबाइल’ शीर्षकमा नेपाली शैक्षिक क्षेत्र र नेपाली अटोमोबाइल उद्योगबीचको सम्बन्ध, सम्भावना तथा सहकार्यका विषयमा प्यानल छलफल हुनेछ । त्यस्तै, ‘काठमाडौं उपत्यकाकोे मोबिलिटीः हिजो आज र भोली’ शीर्षकमा काठमाडौं उपत्यकाको वर्तमान यातायात प्रणाली, चुनौती र सम्भावित समाधानबारे छलफल गरिनेछ ।
काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विद्यार्थी संघको वार्षिक कार्यक्रम ‘अभियन्ता’को राष्ट्रिय कार्यक्रमको सन्दर्भमा आयोजना हुन लागेको अटोनेपालिकाले शैक्षिक संस्था, विद्यार्थी, आविष्कारक र अटोमोबाइल उद्योगबीच सहकार्यको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा सीमित स्रोतसाधनका बाबजुद विद्यार्थी तथा स्थानीय आविष्कारकहरूले सवारीसाधन निर्माण, विद्युतीय रूपान्तरण र नयाँ यातायात प्रविधिमा गरिरहेका प्रयासलाई सार्वजनिक पहिचान दिलाउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । साथै, युवा पुस्तालाई अटोमोटिभ इन्जिनियरिङ, अनुसन्धान तथा मोटरस्पोट्र्स क्षेत्रमा आकर्षित गर्न पनि कार्यक्रमले सहयोग पु¥याउने विश्वास आयोजकले लिएको छ ।
साथै, अभियन्ता र मेकानिकल विद्यार्थी संघ (एम्स) को आयोजनामा नेपाली विद्यार्थीहरुले निर्माण गरेका काटर्सको वार्षिक रेसिङ्ग ‘अल नेपाल गो–कार्टस् कम्पीटिसन’ मंसिर १२ गते शनिबार सुरु हुदैछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...