हिरो स्प्लेन्डरको इलेक्ट्रिक संस्करण आउँदै, २०२७ सम्म लन्च हुने

हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक मोटरसाइकलको पोर्टफोलियो बढाउन काम गरिरहेको छ । हालै कम्पनीले भिडा इलेक्ट्रिक स्कुटर ल्याएको छ । कम्पनीले आगामी दुई–तीन वर्षमा लन्च गर्न सकिने ६ भन्दा बढी नयाँ इलेक्ट्रिक सवारी साधनमा काम गरिरहेको बताइएको छ ।

हिरो मोटोकर्पले आफ्नो चर्चित स्प्लेन्डर बाइकको इलेक्ट्रिक भर्सन ल्याउने भएको छ । रिपोर्टका अनुसार स्प्लेन्डर इलेक्ट्रिकलाई हिरोको सबैभन्दा महत्त्वपूर्ण र महत्वाकांक्षी परियोजनाको रूपमा वर्णन गरिएको छ। यसलाई सन् २०२७ मा भारतमा लन्च गर्न सकिने अपेक्षा गरिएको छ ।

स्प्लेन्डर इलेक्ट्रिक बाहेक कम्पनीले २०२६ मा लिनक्स इलेक्ट्रिक डर्ट बाइक लन्च गर्ने काम पनि गरिरहेको छ। साथै बालबालिकाका लागि एक्रो लर्नर इलेक्ट्रिक डर्ट बाइक पनि लन्च गर्न सकिन्छ । रिपोर्टका अनुसार हालै भारतमा यसको पेटेन्ट दर्ता भएको छ। साथै हिरोले दुई प्रिमियम इलेक्ट्रिक मोटरसाइकल पनि लन्च गर्न लागेको छ । सो इलेक्ट्रिक मोटरसाइकल १५० सीसी र २५० सीसी आईसीईको हुनेछ ।

कम्पनीले हिरो स्प्लेन्डर इलेक्ट्रिकलाई ठुलो परिमाणमा बिक्री गर्ने योजना बनाएको छ । कम्पनीले २०२७-२८ सम्ममा वार्षिक स्प्लेन्डर इलेक्ट्रिकबाट २ लाख र एडीजा परियोजनाबाट ५० हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

हिरो प्लेजर प्लसमा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् विशेषता

हिरो प्लेजर प्लसमा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् विशेषता

हिरो मोटोकर्पले प्लेजर प्लसको नयाँ भेरियन्ट ‘एक्सटेक स्पोर्ट्स’...

एक्सपल्स २०० ४भीको डकार एडिसन लन्च, के छ थप विशेषता ?

एक्सपल्स २०० ४भीको डकार एडिसन लन्च, के छ थप विशेषता ?

हिरो मोटोकर्पले एक्सपल्स २०० ४भी को डकार एडिसन लन्च गरेको छ । प्रो...

डिटेल लिक : हिरो एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा आउने

डिटेल लिक : हिरो एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा आउने

हिरो मोटोकर्पको लोकप्रिय अफरोडर बाइक एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...