बीवाईडीको डाइनेस्टी सिरिजले रच्यो इतिहास, १३ वर्षमै एक करोड गाडी उत्पादन
काठमाडौं–बीवाईडीको चर्चित ‘डाइनेस्टी’ सिरिजले सवारी उत्पादनमा नयाँ...
काठमाडौं - बजाज चेतकले दसैंदेखि छठसम्म लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यो सीमित अवधिको अफर ल्याएको हो ।
अफरअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा पाउनेछन् । जसमा ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, एक लाख रुपैयाँसम्मको क्यासब्याक, पाँच वर्षको वारेन्टी, पाँच वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज रहेका छन् ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वलाई लक्षित गर्दै ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित विद्युतीय मोबिलिटीको विकल्प उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताए । उनका अनुसार शून्य प्रतिशत ब्याज, क्यासब्याक र पाँच वर्षको वारेन्टीजस्ता सुविधाले ग्राहकलाई चेतक खरिदमा थप सहजता प्रदान गर्नेछ ।
‘चेतक फेस्टिभ फाइभ’ योजना छठसम्म देशभरका आधिकारिक बजाज तथा चेतक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...