हिरो स्प्लेन्डर अब नयाँ ईभी अवतारमा आउने

हिरोले स्प्लेन्डर बाइक इलेक्ट्रिक भर्सनमा लन्च गर्ने भएको छ । कम्पनीले यसको कुनै मिति घोषणा नगरे पनि इलेक्ट्रिक हिरो स्प्लेन्डर यसै वर्ष लन्च गर्ने अनुमान गरिएको छ । यद्यपि कम्पनीले यसको स्पेसिफिकेशनको बारेमा कुनै जानकारी दिएको छैन ।

रिपोर्टका अनुसार नयाँ इलेक्ट्रिक स्प्लेन्डरको डिजाइनमा कुनै परिवर्तन हुनेछैन । यद्यपि यसको टयांकीमा ब्याट्री प्याक जडान गर्ने भएको कारणले यसको डिजाइनमा भने केही परिवर्तन गर्ने सम्भावना छ ।

यसको सिट, टेल लाइट र फ्रन्ट लाइट यथावत रहनेछ । यसको डिस्प्ले परिवर्तन गरी एलसीडीमा परिवर्तन हुनेछ । साथै यसमा मोबाइल चार्जिङ, जीपीएस, स्पिड सेन्सर जस्ता फिचर थपिनेछ ।

रिपोर्टका अनुसार कम्पनीले यसको रेन्ज २५० देखि ३०० किलोमिटर बनाउन विशेष काम गरिरहेको छ । हालसम्म यस्तो रेन्ज भएको इलेक्ट्रिक स्कुटर वा बाइक बजारमा उपलब्ध छैन । यदि यो सम्भव भएमा हिरो स्प्लेन्डरले इलेक्ट्रिक टु ह्विलमा बजार ओगट्ने सम्भावना छ ।

सो बाइकको मूल्य ९० हजारदेखि १ लाख १ हजार भारु हुने अनुमान गरिएको छ । सो बाइक फास्ट र नर्मल चार्जिङ दुवै विकल्पमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो मोटोकर्पले भारतमा एक्ट्रिम २५० आर र एक्सपल्स २१० को लागि बुकिङ खुला...

१२५ सिसीमा हिरोको नयाँ मोटरसाइकल, लन्च हुनु अघि नै लीक भयो तस्विर

१२५ सिसीमा हिरोको नयाँ मोटरसाइकल, लन्च हुनु अघि नै लीक भयो तस्विर

हिरोको नयाँ मोटरसाइकल एक्सट्रिम १२५ आर आधिकारिक डेब्यू अघि अनलाइन लीक...

‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ आजदेखी सुरु, यस्ता छन् सुबिधा

‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ आजदेखी सुरु, यस्ता छन् सुबिधा

सिजी मोटर्सले पहिलो पटक ‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ कार्यक्रम आयोजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...