महिन्द्रा एक्सयूभी ३एक्सओको इलेक्ट्रिक भर्सन लन्च, मूल्य कति ?

महिन्द्राले आफ्नो लोकप्रिय सव–कम्प्याक्ट एसयूभी ३एक्सओको इलेक्ट्रिक भर्सन लन्च गरेको छ । दुई भेरियन्टमा उपलब्ध सो नयाँ ईभीको मूल्य १३ लाख ८९ हजार र १४ लाख ९६ हजार भारु निर्धारण गरिएको छ ।

एक्सयूभी ४०० लाई प्रतिस्थापन गर्नेगरी आएको नयाँ ईभीको समग्र डिजाइन एक्यूभी ३एक्सओको आइसिई संस्करण जस्तै छ । कारमा स्ट्याक्ड एलईडी हेडल्याम्प र सी आकारको एलईडी डिआरएलएस सहितको ब्ल्याङ्क्ड–आउट फ्रन्ट फेसिया दिइएको छ ।

एक्सयूभी ३एक्सओ ईभीको इन्टेरियरमा इन्स्ट्रुमेन्ट कन्सोल र इन्फोटेनमेन्ट सिस्टमका लागि १०.२५ इन्चको डुअल डिस्प्ले, प्यानोरामिक सनरुफ, डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र डल्बी एटमसका साथ ७ स्पीकर हरमन कार्डन साउन्ड सिस्टम उपलब्ध गराइएको छ ।

८० भन्दा बढी कनेक्टेड कार फिचर उपलब्ध यस ईभीमा रिमोट भेहिकल कन्ट्रोल, भेहिकल स्टेटस मोनिटरिङ, ट्रिप समरी र स्मार्टवाच कनेक्टिभिटी लगायत अन्य थुप्रै विशेषता पाउन सकिन्छ ।

लेभल–२ एडास फिचरले सुसज्ज्ति ईभीमा एडाप्टिभ क्रूज कन्ट्रोल, फर्वार्ड कोलिजन वार्निङ, स्मार्ट पाइलट असिस्ट र अटो इमर्जेन्सी ब्रेकिङ जस्ता सुविधा दिइएको छ । साथै, यसमा ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, चारै चक्कामा डिस्क ब्रेक र टायर प्रेसर मनिटरिङ सिस्टम समेत पाउन सकिन्छ ।

एसयूभीमा ३९.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक तथा १४८ बिएचपी पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा २८५ किलोमिटर रेन्ज तथा ३१० एनएम टर्क जेनेरेट गर्दछ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी एक्सईभी ९एस चाँडै लन्च गर्ने, टिजर सार्वजनिक

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी एक्सईभी ९एस चाँडै लन्च गर्ने, टिजर सार्वजनिक

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी पूरा गरेको छ। कम्पनीले...

महिन्द्रा ट्याक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा, महिन्द्रा पावरोल ५ केभीए डिजी पाउने

महिन्द्रा ट्याक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा, महिन्द्रा पावरोल ५ केभीए डिजी पाउने

काठमाडौं – नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत...

स्कर्पियो एनको फेसलिफ्ट भर्सन लन्च हुने मिति नजिकिँदै, यस्तो हुनेछ विशेषता

स्कर्पियो एनको फेसलिफ्ट भर्सन लन्च हुने मिति नजिकिँदै, यस्तो हुनेछ विशेषता

महिन्द्राको सर्बाधिक सफल मोडल स्कर्पियो एनले पहिलोपटक मिडलाइफ मेकओभर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...