‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ आजदेखी सुरु, यस्ता छन् सुबिधा

सिजी मोटर्सले पहिलो पटक ‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ कार्यक्रम आयोजना गरेको छ । आजदेखी सुरु भएको उक्त कार्यक्रम असार १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

नेपाल अधिराज्यभर चल्ने उक्त मेलामा ग्राहकले कुनैपनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने जनाइएको छ । साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट समेत पाउन सकिनेछ । एक्सचेञ्ज अफरमा ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् ।

सिजी मोटर्स केही समय अघि मात्रै हिरोको नेपालका लागि आधिकारिक बिक्रेता बनेको हो । कम्पनीले नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्ट समेत सञ्चालनमा ल्याईसकेको छ ।

कम्पनीले हाल देशका ५० भन्दा बढी स्थानमा शोरुम नेटवर्क सञ्चालन गरिरहेको छ । यी नेटवर्कबाट मोटरसाइकल तथा स्कुटरको बिक्री गरिनुको साथै सर्भिस र स्पेयर पार्टस समेत उपलब्ध हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

२०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक, यस्तो हुन सक्छ बाइक

२०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक, यस्तो हुन सक्छ बाइक

हिरो मोटोकर्पले केही समय पछि लन्च गर्ने तयारी गरिरहेको २०२२ हिरो एक्सपल्स...

पर्फमेन्स सेग्मेन्टमा प्रिमियम बिद्युतिय मोटरसाइकल ल्याउँदै हिरो

पर्फमेन्स सेग्मेन्टमा प्रिमियम बिद्युतिय मोटरसाइकल ल्याउँदै हिरो

विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज...

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

काठमाडौं – नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...