७ दिनपछि लन्च हुँदै चेतकको नयाँ इलेक्ट्रिक स्कुटर

बजाज अटोले चेतक स्कुटरको नयाँ मोडेल छिट्टै लन्च गर्ने तयारी गरेको छ । कम्पनीले चेतक ब्याज भएको नयाँ एलईडी टेललाइट सहितको एउटा टिजर सेयर गरेर यसबारे जानकारी दएको हो । उक्त नयाँ स्कुटर यहि जनवरी १४ मा लन्च हुने जनाइएको छ ।

चेतकको उक्त नयाँ मोडललाई कम्पनीले यसअघि विभिन्न चरणमा परिक्षण गर्दै आएको छ । स्पाई तस्बिरका अनुसार, उक्त नयाँ इलेक्ट्रिक स्कूटरमा हव माउन्ट गरिएको मोटर उपलब्ध हुनेछ । नयाँ मोटर जडान भएर आउने भएपछि यसको मूल्य समेत कम पर्ने अनुमान गरिएको छ ।

नयाँ स्कुटरमा चेतकले हालकै मोडलबाट प्रेरित डिजाइन दिएको छ । स्कुटरमा डिजिटल इन्सट्रयुमेन्ट कन्सोल, वरिपरि एलईडी डीआरएल रिंग र फ्ल्याट सिट भएको ओभल एलईडी हेडल्याम्प जस्ता विशेषता पाइनेछ ।

नयाँ चेतक नयाँ प्लेटफर्ममा आधारित हुने र विभिन्न ब्याट्री अप्नसमा उपलब्ध हुनसक्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटरको नयाँ...

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फ मोटरसाइकल र बजाज अटोले संयुक्त रूपमा भारतमा नयाँ ३५० सीसी...

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं – बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...