हिरोको ४४० सीसी बाइकको नाम माभ्रिक हुने, हार्ले डेभिडसन एक्स४४० मा आधारित हुने

हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम माभ्रिक राखिने समाचार वाहिरिएका छन् ।

हिरो माभ्रिक ४४० बाइक हार्ले डेभिडसन एक्स४४० मा आधारित हुनेछ । हिरोको सो बाइक हार्ले डेभिडसन बीचको साझेदारीमा निर्मित बाइक हुनेछ । सो बाइक हार्ले डेभिडसन एक्स४४० प्लेटफर्ममा आधारित हुनेछ । रिपोर्टका अनुसार कम्पनीले सो बाइक १५ फेब्रुअरीमा लन्च गर्ने सम्भावना छ ।

हिरो माभ्रिक ४४० मा ४४० सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन हुनेछ, जसले २७ बीएचपीको पावर र ३८ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ । यसमा यूएसडी फोर्कलाई परिवर्तन गरी यसको ठाउँमा कन्भेन्सल टेलिस्कोपिक युनिट जोडिने अपेक्षा गरिएको छ ।

सो बाइकमा हार्ले एक्स४४० मा जस्तै ३.५ इन्चको टीएफटी डिस्प्ले हुन सक्ने अपेक्षा गरिएको छ । बाइकमा ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर पनि हुनेछ । बाइकको सिटको उचाइ ८०० एमएम हुनेछ । सो बाइकले बजारमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्स४२१ को प्याटेन्ट डिजाइन ट्रेडमार्क

हिरो एक्सपल्स४२१ को प्याटेन्ट डिजाइन ट्रेडमार्क

हिरो मोटोकर्पले गत महिना इटालीमा भएको ईआईसीएमए २०२४ मा एक्सपल्स ४२१ को...

हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी जित्न सकिने

हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी जित्न सकिने

काठमाडौं – सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा...

लन्च नहुँदै देखियो हिरो प्यासन एक्सप्रो

लन्च नहुँदै देखियो हिरो प्यासन एक्सप्रो

हिरोले तीन नयाँ मोडलका बाइक लन्च गर्ने तयारी गरिरहेको छ । ती मध्ये पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...