यस्तो छ हिरोको २०२२ एक्सपल्स २००टी फोरभीको फर्स्ट लुक
नयाँ अपडेट गरिएको मोडलको टिजर सार्वजनिक गरेको केही दिनमै हिरोको नयाँ बाइक...
हिरो मोटोकर्पले यसै हप्ताभित्र नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ। कम्पनीले यसपटक आफ्नो नयाँ मोडललाई १२५ सीसी सेग्मेन्टमा प्रस्तुत गर्न लागेको हो, जहाँ पहिले नै कडा प्रतिस्पर्धा विद्यमान छ।
लन्च हुनुअघि नै सो नयाँ बाइक परीक्षणको क्रममा देखिएको थियो । परीक्षणको क्रममा देखिएको मोडलमा कारमा मात्र पाइने क्रुज कन्ट्रोल सुविधा देखिएको छ । त्यस्तै, यसमा एलईडी हेडलाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि रहने सम्भावना छ।
कम्पनीले यसमा १२४.७ सीसी क्षमताको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन दिने अनुमान गरिएको छ। यसले करिब १० हर्सपावर र १० एनएमको टर्क उत्पादन गर्नेछ। साथै, यसमा ५ स्पिड गियरबक्सको संयोजन रहने अपेक्षा गरिएको छ।
लन्च मितिको विषयमा कम्पनीले औपचारिक घोषणा नगरे पनि सो बाइक भारतमा आगामी १९ देखि २० अगस्टको बीचमा लन्च हुन सक्ने अनुमान छ। यसलाई ‘ग्ल्यामर’ नामले बजारमा ल्याउने सम्भावना रहेको छ।
लन्चिङ पछि सो बाइकले १२५ सीसी सेग्मेन्टमा लोकप्रिय मोडल होन्डा साइन १२५, एसपी १२५, बजाज पल्सर १२५ र टीभीएसका मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ।
नयाँ अपडेट गरिएको मोडलको टिजर सार्वजनिक गरेको केही दिनमै हिरोको नयाँ बाइक...
हिरो मोटोकर्पले आफ्ना मोटरसाइकल र स्कुटरका लागि उन्नत राइडर सहायता...
भारतको सवैभन्दा ठूलो टु ह्विलर निर्माता हिरो मोटोकर्पले करिज्मालाई पुनः...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...