तीनवटा मोडलसहित हिरो मोटोकर्पको इटालियन बजारमा प्रवेश

भारतीय टु–ह्विलर उत्पादाक हिरो मोटोकर्प आधिकारिक रूपमा इटालियन बजारमा प्रवेश गरेको छ । विश्वको सबैभन्दा ठूलो टु–ह्विलर ब्रान्डले इटालीको अग्रणी वितरक पेल्पी इन्टरनेशनलसँग साझेदारी गरेको हो ।

हिरो मोटोकर्पले प्रारम्भिक चरणमा इटालीका प्रमुख शहरहरूमा ३६ डिलरशिप मार्फत खुद्रा बिक्री गर्ने जनाइएको छ । अर्को चरणमा शोरुम संख्या बढाएर ५४ वटा पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।

युरो ५ प्लस मापदण्डका माभ्रिक ४४०, एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो गरी तीनवटा मोडलसहित युरोप प्रवेश गरेको हिरोले यी मोटरसाइकलको मूल्य क्रमशः ४ हजार, २ हजार र ३ हजार २०० यूरो तय गरेको छ ।

बाइक निर्माताले इटालीमा आफ्ना उत्पादनहरूमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी प्रदान गर्ने जनाएको छ । साथै, विशेष सुरुवातका रूपमा ग्राहकहरूले थप २ वर्षको वारेन्टी प्राप्त गर्न सक्ने बताइएको छ ।

इटाली बाहेक, हिरो मोटोकर्पको पहिले नै ४८ देशहरूमा उपस्थिति छ । कम्पनीसँग विश्वभर फैलिएका ८ उत्पादन सुविधा र दुई अनुसन्धान तथा विकास केन्द्र छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...