हिरोले वन्द गर्यो एक्सपल्स २०० २भीको उत्पादन
भारतको सवैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरोले एक्सपल्स २०० २भीको उत्पादन...
हिरो मोटोकर्पले भारतीय बजारमा ४४० सीसीको बाइक हिरो माभरिक लन्च गरेको छ । यसको मूल्य १ लाख ९९ हजार भारु तोकिएको छ । टप स्पेक मोडलको मूल्य भने २ लाख २४ हजार भारु सम्म हुनेछ । यो बेस, मिड र टप गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।
हार्ले डेभिडसनसँगको सहकार्यमा विकास गरिएको हिरो माभरिक गत महिनाको एक इभेन्टमा सार्वजनिक गरिएको थियो । यो कम्पनीको पोर्टफोलियोमा सबैभन्दा पावरफुल मोटरसाइकल हो ।
कम्पनीले यो बाइकलाई निकै मस्कुलर डिजाइनका साथ उपलब्ध गराएको छ । यसको फ्युल ट्यांकलाई ४४० सीसी अनुसार फराकिलो र ठूलो बनाइएको छ । यसबाहेक लामो यात्राका लागि सिटलाई सहज बनाइएको छ । बाइकको कुनै पनि भेरिएन्टमा स्प्लिट सिट छैन । यसमा एच–आकारमा एलईडी डीआरएल सहित पूर्ण एलईडी हेडलाइट छ । यो बाइक ५ कलर भेरिएन्टमा आउनेछ । यसको बेस मोडलमा स्पोक ह्विल उपलब्ध छ भने मिड र टप मोडलमा अलोय ह्विल उपलब्ध छ ।
यस बाइकमा टेललाइट र टर्न इन्डिकेटर पनि एलईडीमा दिइएको छ । यसका साथै कम्पनीले बाइकमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि उपलब्ध गराएको छ जसमा टर्न–बाइ–टर्न नेभिगेसनको सुविधा पनि रहेको छ । यसका साथै बाइकमा ३५ कनेक्टेड फिचरहरू पनि उपलब्ध छन् जसमा कल, टेक्स्ट नोटिफिकेशनलगायतका धेरै सुविधाहरू छन् ।
यो बाइकमा ४४० सीसीको लिक्विड–कुल्ड इन्जिन छ, जसले ४००० आरपीएममा ३६ एनएमको टर्क र २७ बीएचपी पावर जेनेरेट गर्छ । यो बाइक एक्स४४० प्लेटफर्ममा निर्माण गरिएको हो । बाइकमा ६ स्पिड गियरबक्स रहेको छ । बाइकको फ्युल ट्यांक क्षमता १३.५ लिटर छ । यसबाहेक १७५ एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध छ । बाइकमा फ्रन्ट टेलिस्कोपिक सस्पेन्सन, रियरमा ड्युअल शकर्स, डिस्क ब्रेक र अलोय ह्विलजस्ता विशेषताहरू छन् ।
भारतको सवैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरोले एक्सपल्स २०० २भीको उत्पादन...
हार्ले–डेभिडसनले हिरो मोटोकर्पसँगको सहकार्यमा विकास गरेको नयाँ...
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...