भारतमा हिरो माभरिकको डेलिभरी शुरु, नेपालमा प्रतीक्षा

भारतमा हिरो र हार्ले मिलेर बनाएको हिरो माभरिक मोटरसाइकलको डेलिभरी शुरु भएको छ । हिरो मोटोकर्पका एक्जिक्युटिभ चेयरम्यान पवन मुन्जालले पहिलो ब्याचको हिरो माभरिक ग्राहकलाई हस्तान्तरण गरे ।

यसको मूल्य १ लाख ९९ हजार भारु तोकिएको छ । टप स्पेक मोडलको मूल्य भने २ लाख २४ हजार भारु सम्म हुनेछ । यो बेस, मिड र टप गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।

कम्पनीले यो बाइकलाई निकै मस्कुलर डिजाइनका साथ उपलब्ध गराएको छ । यसको फ्युल ट्यांकलाई ४४० सीसी अनुसार फराकिलो र ठूलो बनाइएको छ । यसबाहेक लामो यात्राका लागि सिटलाई सहज बनाइएको छ । बाइकको कुनै पनि भेरिएन्टमा स्प्लिट सिट छैन । यसमा एच–आकारमा एलईडी डीआरएल सहित पूर्ण एलईडी हेडलाइट छ । यो बाइक ५ कलर भेरिएन्टमा आउनेछ । यसको बेस मोडलमा स्पोक ह्विल उपलब्ध छ भने मिड र टप मोडलमा अलोय ह्विल उपलब्ध छ ।

यस बाइकमा टेललाइट र टर्न इन्डिकेटर पनि एलईडीमा दिइएको छ । यसका साथै कम्पनीले बाइकमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि उपलब्ध गराएको छ जसमा टर्न–बाइ–टर्न नेभिगेसनको सुविधा पनि रहेको छ । यसका साथै बाइकमा ३५ कनेक्टेड फिचरहरू पनि उपलब्ध छन् जसमा कल, टेक्स्ट नोटिफिकेशनलगायतका धेरै सुविधाहरू छन् ।

यो बाइकमा ४४० सीसीको लिक्विड–कुल्ड इन्जिन छ, जसले ४००० आरपीएममा ३६ एनएमको टर्क र २७ बीएचपी पावर जेनेरेट गर्छ । यो बाइक एक्स४४० प्लेटफर्ममा निर्माण गरिएको हो । बाइकमा ६ स्पिड गियरबक्स रहेको छ । बाइकको फ्युल ट्यांक क्षमता १३.५ लिटर छ । यसबाहेक १७५ एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध छ । बाइकमा फ्रन्ट टेलिस्कोपिक सस्पेन्सन, रियरमा ड्युअल शकर्स, डिस्क ब्रेक र अलोय ह्विलजस्ता विशेषताहरू छन् ।

नेपाली बजारमा भने सीजी मोटर्सले केही दिनमै चार मोडल लन्च गर्ने तयारी गरिरहेको छ । हिरो माभरिक भने आगामी साउन पश्चात नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

काठमाडौं – नेपाली बजारमा हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको बिक्री...

समयमै सुटिङमा पुग्न जब अमिताभ बच्चनले मागे लिफ्ट

समयमै सुटिङमा पुग्न जब अमिताभ बच्चनले मागे लिफ्ट

भारतका चर्चित अभिनेता अमिताभ बच्चनले एक बाइकसँग लिफ्ट मागेको कार्यले...

विनोद चौधरीको जन्म दिनको अवसरमा एसेम्बली प्लान्ट घोषणा

विनोद चौधरीको जन्म दिनको अवसरमा एसेम्बली प्लान्ट घोषणा

काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सको एसेम्बल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...