भारतमा हिरो माभरिकको डेलिभरी शुरु, नेपालमा प्रतीक्षा

भारतमा हिरो र हार्ले मिलेर बनाएको हिरो माभरिक मोटरसाइकलको डेलिभरी शुरु भएको छ । हिरो मोटोकर्पका एक्जिक्युटिभ चेयरम्यान पवन मुन्जालले पहिलो ब्याचको हिरो माभरिक ग्राहकलाई हस्तान्तरण गरे ।

यसको मूल्य १ लाख ९९ हजार भारु तोकिएको छ । टप स्पेक मोडलको मूल्य भने २ लाख २४ हजार भारु सम्म हुनेछ । यो बेस, मिड र टप गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।

कम्पनीले यो बाइकलाई निकै मस्कुलर डिजाइनका साथ उपलब्ध गराएको छ । यसको फ्युल ट्यांकलाई ४४० सीसी अनुसार फराकिलो र ठूलो बनाइएको छ । यसबाहेक लामो यात्राका लागि सिटलाई सहज बनाइएको छ । बाइकको कुनै पनि भेरिएन्टमा स्प्लिट सिट छैन । यसमा एच–आकारमा एलईडी डीआरएल सहित पूर्ण एलईडी हेडलाइट छ । यो बाइक ५ कलर भेरिएन्टमा आउनेछ । यसको बेस मोडलमा स्पोक ह्विल उपलब्ध छ भने मिड र टप मोडलमा अलोय ह्विल उपलब्ध छ ।

यस बाइकमा टेललाइट र टर्न इन्डिकेटर पनि एलईडीमा दिइएको छ । यसका साथै कम्पनीले बाइकमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि उपलब्ध गराएको छ जसमा टर्न–बाइ–टर्न नेभिगेसनको सुविधा पनि रहेको छ । यसका साथै बाइकमा ३५ कनेक्टेड फिचरहरू पनि उपलब्ध छन् जसमा कल, टेक्स्ट नोटिफिकेशनलगायतका धेरै सुविधाहरू छन् ।

यो बाइकमा ४४० सीसीको लिक्विड–कुल्ड इन्जिन छ, जसले ४००० आरपीएममा ३६ एनएमको टर्क र २७ बीएचपी पावर जेनेरेट गर्छ । यो बाइक एक्स४४० प्लेटफर्ममा निर्माण गरिएको हो । बाइकमा ६ स्पिड गियरबक्स रहेको छ । बाइकको फ्युल ट्यांक क्षमता १३.५ लिटर छ । यसबाहेक १७५ एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध छ । बाइकमा फ्रन्ट टेलिस्कोपिक सस्पेन्सन, रियरमा ड्युअल शकर्स, डिस्क ब्रेक र अलोय ह्विलजस्ता विशेषताहरू छन् ।

नेपाली बजारमा भने सीजी मोटर्सले केही दिनमै चार मोडल लन्च गर्ने तयारी गरिरहेको छ । हिरो माभरिक भने आगामी साउन पश्चात नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ...

हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा, बिक्री वितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा, बिक्री वितरण सुरु

काठमाडौं – भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि...

यस्तो छ हिरोले हालै नेपाल ल्याएको एक्स्ट्रिम १६० आर फोरभी (फिचर र मुल्य सहित)

यस्तो छ हिरोले हालै नेपाल ल्याएको एक्स्ट्रिम १६० आर फोरभी (फिचर र मुल्य सहित)

सिजी मोटर्सले हालै हिरोका दुई नयाँ मोटरसाइकल लन्च गरेको छ । यी दुबै मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...