सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरोले पहिलोपटक बेलायतमा आफ्नो मोटरसाइकल लन्च गर्ने भएको छ । हार्ले डेभिड्सन एक्स–४४० मा आधारित नयाँ मोटरसाइकल माभ्रिक–४४० लाई कम्पनीले छिट्टै बेलायती बजारमा लन्च गर्न लागेको हो ।
प्रिमियम ब्राण्ड हार्ले डेभिड्सनसंग सहकार्य गरेपछि हिरोको बाइक बेलायती बजारमा समेत उपलब्ध हुन लागेको र यसले कम्पनीलाई ठूलो फाइदा पुगेको भारतीय मिडियाले टिप्पणी गरेका छन् । बेलायत हुँदै यूरोपका अन्य देश र अमेरिकामा समेत माभ्रिक–४४० लाई लन्च गर्ने हिरो मोटोकर्पले योजना बनाएको छ ।
बेलायतमा सो नयाँ मोटरसाइकलले ट्रायम्फ स्पिड ४०० र रोयल इन्फिल्ड बुलेट ३५० संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । ट्रायम्फ स्पिड ४०० को तुलनामा यसको मूल्य आधाले सस्तो हुने कम्पनीको भनाई छ । हिरोले सो नयाँ मोटरसाइकललाई भारतमा १ लाख ९९ हजार भारुमा बिक्री गर्दै आएको छ ।
माभ्रिक ४४० लाई बेलायतमा ए२ लाइसेन्स होल्डरले मात्र प्रयोग गर्न पाउनेछन् । बेलायतमा १९ वर्ष अर्थात सो भन्दा बढी उमेर भएका राइडरले ए२ लाइसेन्स पाउने र उनीहरुले ३५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल प्रयोग गर्न पाउने नियम छ ।
माभ्रिक–४४० मा हिरोले ४४० सिसी क्षमताको एयर कुल्ड इन्जिन जडान गरेको छ । जसको पावर २७ बिएचपी र टर्क ३६ एनएम छ । जबकी उसको प्रतिस्पर्धीका रुपमा लिइएको ट्रायम्फ स्पिड ४०० मा ३९८ सिसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ३९.५ बिएचपी पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्दछ । दुबै बाइकमा ६ स्पिड गियरबक्स जडान गरिएपनि फिचरमा भने ठुलै अन्तर पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...