हिरोको नयाँ ४४० सीसी मोटरसाइकल सार्वजनिक

हिरो मोटोकर्पले भारतमा नयाँ फ्ल्यागसिप मोटरसाइकल माभरिक ४४० सार्वजनिक गरेको छ । हिरो वर्ल्ड २०२४ मा कम्पनीले सो मोटरसाइकल सार्वजनिक गरेको हो ।

हिरो र हार्लेको साझेदारीमा उत्पादन गरिएको यो दोस्रो मोटरसाइकल हो । गत वर्ष सार्वजनिक गरिएको हार्ले डेभिडसन एक्स ४४० मा आधारित सो रोडस्टर मोटरसाइकलमा भएको अलग स्टाइल तथा फ्लेभरले फरक पहिचान कायम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सो मोटरसाइकलको बुकिङ फेब्रुअरी देखि हुनेछ भने डेलिभरी आगामी अप्रिलदेखि शुरु हुनेछ । विभिन्न पाँच कलर स्किममा सो मोटरसाइकल उपलब्ध हुनेछ । यसको मूल्य पनि पछि सार्वजनिक गरिने छ ।

आकर्षक फ्युल ट्यांकी तथा स्कुप–आउट सिंगल पिस सिटले मोटरसाइकलको आकर्षणलाई बढाएको छ भने एलईडी डीआरएलका साथ गोलो हेडल्याम्प र एक डिटेल्ड ह्यान्डलबारका साथ मस्कुलर स्टाइल यसको अर्को पहिचान हो । स्टब्बी टेल सेक्सन, ट्युनिङ फोर्कयुक्त अलोय ह्विल र स्टब्बी एक्जस्ट समेत यसमा उपलब्ध छ ।

हिरो माभरिक ४०० मा इन्स्ट्रयुमेन्ट कन्सोलका लागि एक एलसीडी स्क्रिन समेत उपलब्ध छ, जसमा धेरै जानकारी उपलब्ध हुन्छ । यसमा ब्लुटुथ कनेक्टिभिटीका साथ कल र एसएमएस अलर्ट, म्युजिक प्लेब्याक र टर्न बाई टर्न नेभिगेसन जस्ता फिचर उपलब्ध छन् ।

यसमा मोबाइल एपको माध्यमबाट विभिन्न कनेक्टेड फिचर प्रयोग गर्न सकिन्छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प र फुल एलईडी लाइटिङ पनि उपलब्ध छ ।

हिरो माभरिकमा ४४० सीसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन जडान गरिएको छ, जसले २७ बीएचपी पावर र ३६ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।

यसमा ४३ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि मोनोशक उपलब्ध छ भने ब्रेकिङ पर्फमेन्सका लागि ड्युअल च्यानल एबीएस उपलब्ध छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...