२१ दिन पछि हिरोले ल्याउँदै छ ४०० सीसीको बाइक, बन्ने छ रोयल इन्फिल्डको प्रतिस्पर्धी

हिरो मोटोकर्पले २०२४ मा ४४० सीसीको नयाँ बाइक लन्च गर्ने भएको छ । हिरो मोटोकर्पको बहुप्रतीक्षित नयाँ बाइक २२ जनवरीमा लन्च गर्ने सम्भावना रहेको छ । सो बाइक मस्कुलर रोडस्टर हुन सक्ने अनुमान गरिएको छ ।

कम्पनीको नयाँ बाइकको नाम सुरुवाती अक्षर आरबाट सुरु हुन सक्ने अनुमान गरिएको छ । सो बाइकमा हार्ले डेभिडसन एक्स४४० जस्तै समानता हुनेछ तर यसको डिजाइन भने पुर्णतया नयाँ हुनेछ । यसमा यामाहा एमटी–०१ वा स्क्रयाम्बल जस्तै मस्कुलर रोडस्टर हुने अपेक्षा गरिएको छ ।

हिरोको नयाँ बाइकमा ४३ एमएम केवाईबी सोस्र्ड अपसाइड फ्रन्ट फोक्र्स र प्रिलोड एड्जस्टेबल ट्विन शर्क एब्जर्बर समावेश हुने सम्भावना छ ।

सो बाइकमा ड्युअल च्यानल एबीएस सिस्टम हुनेछ, जसलाई ३२० एमएम फ्रन्ट र २४० एमएम रियर डिस्क ब्रेकले कन्ट्रोल गर्न सकिनेछ । बाइकमा ब्लुटुथ कनेक्टिभिटीको साथमा एक्स४४० को ३.५ इन्च टीएफटी डिस्प्ले, ४४० सीसी सिंगल सिलिन्डर एयर र आयल कुल्ड इन्जिन हुने अनुमान छ ।

सो बाइकको इन्जिनले ६००० आरपीएममा २७ बीएचपीको पावर र ४००० आरपीएममा ३८ एनएमको टर्क जेनेरेट गर्नेछ । बाइकको इन्जिन ६ स्पिड ट्रान्समिशनसँग जोडिएको छ ।

ब्जारमा हिरोको यो बाइक उपलब्ध भएमा रोयल इन्फिल्ड हिमालयन लगायतका विभिन्न मोडलका बाइकका लागि प्रतिस्पर्धी बन्ने छ ।

सम्बन्धित समाचारहरू

हिरोका दुई नयाँ स्कुटर सार्बजनिक, यस्ता छन् विशेषता

हिरोका दुई नयाँ स्कुटर सार्बजनिक, यस्ता छन् विशेषता

हिरो मोटोकर्पले जुम सिरिजका दुई नयाँ स्कुटर सार्बजनिक गरेको छ । भारतमा...

१० हजार नगद छुटमा हिरो मोटरसाइकल, बम्परमा १ लाख उपहार

१० हजार नगद छुटमा हिरो मोटरसाइकल, बम्परमा १ लाख उपहार

काठमाडौं– हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरलक...

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...