हिरो करिज्मा एक्सएमआर लन्च, यस्तो छ मूल्य र विशेषता

हिरोले भारतमा करिज्मा एक्सएमआर मोटरसाइकल लन्च गरेको छ । आजै देखि बुकिङ प्रारम्भ गरिएको सो मोटरसाइकलका लागि हाल इन्ट्रोडक्टरी अफर लागू गरिएको छ ।

कुनै समयमा बाइकरहरुका लागि क्रस रहेको करिज्मा मोटरसाइकललाई हिरोले फेरि नयाँ रुपमा प्रस्तुत गरेको हो । यसको नाम करिज्मा एक्सएमआर राखिएको छ । कम्पनीले हालका लागि सो मोटरसाइकलको मूल्य १ लाख ७३ हजार भारु राखेको छ ।

कम्पनीका अनुसार सो मोटरसाइकल ब्ल्याक, येल्लो र रेड गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा २१० सीसीको इन्जिन दिइएको छ । यो हिरोको पहिलो लिक्विड–कुल्ड २१० सीसी मोटरसाइकल हो । यसमा ओएचसी फोरभी इन्जिन छ । यसले २५.५ पीएस पावर र २०.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड ट्रान्समिसन उपलब्ध छ ।

यसमा ६ स्टेप मोनोशक सस्पेन्सन, ब्लुटुथसहितको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, टर्न बाइ टर्न नेभिगेसन, एडजस्ट विन्डशिल्ड, स्लिप एण्ड असिस्ट क्लचलगायत धेरै नयाँ सुविधाहरू दिइएको छ ।

सम्बन्धित समाचारहरू

हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

युवाहरु माझ निकै लोकप्रिय हिरो करिज्मा बाइकको उत्पादन सन् २०१५ मा अचानक...

स्प्लेन्डर प्लसमा पनि डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी, लन्च भयो एक्सटेक भेरियन्ट

स्प्लेन्डर प्लसमा पनि डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी, लन्च भयो एक्सटेक भेरियन्ट

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटो कर्पले आफ्नो इन्ट्रि...

हिरो एक्सपल्स २०० फोरभी -याली एडिसन सोल्ड आउट

हिरो एक्सपल्स २०० फोरभी -याली एडिसन सोल्ड आउट

केही दिन पहिले भारतमा सार्वजनिक गरिएको हिरो एक्सपल्स २०० फोरभीको -याली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...