हिरो करिज्मा एक्सएमआरको हेडलाइट र टेललाइट सार्वजनिक, अगस्ट २९ मा लन्च हुने

सन् २००३ मा पहिलो पटक लन्च गरिएको हिरो मोटोकर्पको करिज्मा पुनः लन्च हुने भएको छ । कम्पनीले करिज्मा एक्सएमआरको नयाँ टिजर जारी गरेको छ । करिज्मा एक्सएमआर अगस्त २९ मा लन्च हुने भएको छ । यो पूर्ण रूपमा फेयर बाइक हुनेछ ।

हालै सार्वजनिक गरिएको अर्को टिजरमा यसको हेडलाइट र टेललाइटको झलक देखाइएको छ । यसमा ड्युअल प्रोजेक्टर एलईडी हेडल्याम्प दिइएको छ ।

हिरो करिज्मा एक्सएमआरमा अग्लो रियर र स्प्लिट सिट दिइएको छ । यस बाइकमा क्लिप अन ह्यान्डलबार, रियर सेट फुट पेग्स, नयाँ लाइट अलोय ह्विल, रियर भ्यू मिरर आदि दिइएको छ ।

बाइकमा सस्पेन्सनका लागि अगाडिको भागमा टेलिस्कोपिक फ्रन्ट फोर्क र रियरमा मोनोशक रियर एब्जर्बर प्रदान गरिएको छ । यसमा २१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिइएको छ, जसले २५ बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स हुनेछ ।

यसमा ब्लुटुथ कनेक्टिभिटी, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडलाइट, एलईडी टेललाइट जस्ता फिचर दिइएको छ । यसमा आकर्षक फ्रन्ट एन्ड, शार्प साइड प्यानल, मस्कुलर फ्युल ट्याङ र स्प्लिट स्टाइल सिट दिइएको छ । यसमा शार्प लाइन र एङ्गल दिइएको छ ।

हिरो करिज्मा एक्सएमआरको बुकिङ चाँडै सुरु हुनेछ र यसको डेलिभरी सेप्टेम्बर २०२३ देखि सुरु हुनेछ । सो बाइकको मूल्य १ लाख ७० हजार भारु हुने अनुमान गरिएको छ । सो बाइकले भारतीय बजारमा १८० देखि २०० सीसीसम्मका बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...

हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने

हिरोले केही महिना अघि पहिलो इलेक्ट्रिक सवारी साधन आगामी मार्च २०२२ सम्ममा...

हिरो मोटोकर्पले पुरा ग-यो १० वर्ष, आयो विभिन्न छुटको अफर

हिरो मोटोकर्पले पुरा ग-यो १० वर्ष, आयो विभिन्न छुटको अफर

काठमाडौं – मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...