हिरो एक्सपल्स २१० नाडा अटो शोमा सार्वजनिक, यस्तो छ विशेषता
काठमाडौं–नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै...
हिरो मोटोकर्पले एक पटक बन्द गरिसकेको मोटरसाइकल करिज्मा फेरि बजारमा आउने भएको छ । कम्पनीले आगामी अगस्त २९ मा सो मोटरसाइकल लन्च गर्ने भएको छ ।
हिरो करिज्मा अब करिज्मा एक्सएमआर ब्रान्ड नेममा उपलब्ध हुनेछ । रिपोर्टका अनुसार नयाँ करिज्माको डिजाइन पनि पूर्ण रूपमा नयाँ हुनेछ । यो बाइकलाई नयाँ प्लेटफर्ममा डिजाइन हुने अनुमान गरिएको छ । यसबाहेक, यसलाई थप गतिशील र स्पोर्टी लुक दिइएको छ । फुल फेयर बाइकको रुपमा पहिचान बनाएको करिज्मालाई नयाँ अवतारमा फेयर बाइकको रुपमा मात्रै ल्याइएको छ ।
भारतीय कलाकार हृतिक रोशनले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत सो मोटरसाइकलको एक टिजर सार्वजनिक गरेका छन् । पहिले कुनै समयमा यो मोटरसाइकलको ब्रान्ड एम्बेसडर भएको समयको क्लिप यसमा देखाइएको छ । रोशनले आगामी दिनमा समेत आफू ब्रान्ड एम्बेसडर हुने अपेक्षा गरेका छन् ।
कम्पनीले नयाँ करिज्मामा पहिलेको भन्दा राम्रो र २१० सीसी लिक्विड कुल्ड इन्जिन दिन सक्नेछ । जसमा सिक्स स्पिड गियर ट्रान्समिसन दिइनेछ। यस इन्जिनको साथमा बाइकले २५ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्नेछ ।
मिडिया रिपोर्टका अनुसार यो बाइकमा नयाँ इन्जिन र नयाँ डिजाइनको साथसाथै यसमा धेरै स्पेशल फिचर्स पनि उपलब्ध हुनेछन् । यस बाइकमा डुअल च्यानल एबीएस, दुवै पाङ्ग्रामा डिस्क ब्रेक, फुल डिजिटल स्पिडोमिटर, यूएसडी फोर्क्स, एलईडी लाइट, एलईडी टर्न इन्डिकेटर, एलईडी डीआरएल, ब्लुटुथ कनेक्टिभिटीलगायत धेरै सुविधाहरू छन्।
यसको मूल्य पछि नै थाहा हुनेछ । यद्यपि यसको मूल्य १ लाख ५० हजार भारुको हाराहारी हुने अनुमान गरिएको छ ।
करिज्मा मोटरसाइकल सबैभन्दा पहिले करिव दुई दशक पहिले हिरो र होन्डाको ज्वाइन्ट भेन्चरमा उत्पादन भएको थियो । त्यतिबेला यसलाई हिरो होन्डा करिज्मा भनिन्थ्यो । त्यसपछि हिरो र होन्डा समेत छुट्टिए ।
पछि हिरो करिज्मा आर र करिज्मा जेडएमआर बजारमा आए । यद्यपि यी मोटरसाइकल खासै चासोमा परेनन् । २०१७ मा यसको उत्पादन बन्द गरिए पछि फेरि अहिले नयाँ रुपमा करिज्मा एक्सएमआर लन्च हुने तयारीमा छ ।
काठमाडौं–नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै...
हिरो मोटोकर्पले एक्सट्रिमको अपडेट भर्सन २०२३ एक्सट्रिम १६०आर ४भी भारतमा...
प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...