हिरोले दुई नयाँ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउँदै, जुलाईमा लन्च हुने

हिरो मोटोकर्पले जुलाई २०२५ मा दुई नयाँ किफायती इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले हालैको सम्मेलन कलमा आगामी योजनाबारे जानकारी दिँदै नयाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन बजारमा ल्याउने जानकारी दिएको छ ।

हिरो मोटोकर्पले आर्थिक वर्ष २०२४–२५ मा भारतीय बजारमा ५६ लाखभन्दा बढी सवारी साधन बिक्री गरेको छ। कम्पनीको इलेक्ट्रिक सवारी साधन पोर्टफोलियोमा हाल भिडा भी२ सिरिजका स्कुटर समावेश छ । यद्यपि यी स्कुटर रेन्जको हिसाबले टीभीएस आईक्युब, बजाज चेतक र ओला एस१ जस्ता मोडल भन्दा पछाडि छ ।

गत आर्थिक वर्षमा हिरोले भिडा रेन्जका ५८ हजार ५०३ युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १९५ प्रतिशतले वृद्धि हो। यस बिक्री वृद्धिको आधारमा कम्पनीले अब अझ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउने योजना बनाएको हो।

नयाँ स्कुटर विशेष गरी ग्रामीण क्षेत्रका उपभोक्तालाई ध्यानमा राखेर तयार पारिने छ । ग्रामीण बजारमा हिरो ब्रान्डको बलियो उपस्थिति रहेकाले कम्पनीको यो रणनीति सफल हुन सक्ने अपेक्षा गरिएको छ।

हाल उपलब्ध भिडा स्कुटरको मूल्य ७४ हजारदेखि १ लाख १५ हजार भारतीय रुपैयाँको बीचमा रहेको छ। नयाँ स्कुटरमा हालै भारतीय सडकमा परीक्षण भइरहेको भिडा जेड पनि समावेश हुन सक्ने अनुमान गरिएको छ।

हिरो मोटोकर्पको सो नयाँ इलेक्ट्रिक मोटरसाइकलले बजारमा थप प्रतिस्पर्धा ल्याउने विश्वास गरिएको छ। साथै, किफायती मूल्य र ग्रामीण बजार लक्षित रणनीतिले यसलाई सफल बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

हिरोले वन्द गर्यो प्यासन प्रोको उत्पादन

हिरोले वन्द गर्यो प्यासन प्रोको उत्पादन

हिरो मोटोकर्पले आफ्नो कम्यूटर वाइक प्यासन प्रोको उत्पादन वन्द गरेको छ ।...

हार्ले डेभिडसन, ट्राइम्फ र रोयल इन्फिल्डलाई बिर्सने हिरोले सस्तो अफरोडिङ बाइक ल्याउँदै

हार्ले डेभिडसन, ट्राइम्फ र रोयल इन्फिल्डलाई बिर्सने हिरोले सस्तो अफरोडिङ बाइक ल्याउँदै

हिरो मोटोकर्पले चाँडै नै आफ्नो उत्कृष्ट अफरोडिङ बाइक हिरो एक्सपल्स २००...

यस्तो छ नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० फोरभी

यस्तो छ नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० फोरभी

नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी पहिलो पटक गत चैत महिनामा नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...