नेपाली बजारमा हिरो ग्ल्यामर एक्सटेक : होन्डा साइन प्रतिस्पर्धिको यस्तो छ विशेषता

नेपाली बजारमा हालै हिरोको नयाँ मोटरसाइकल ग्ल्यामर एक्सटेक भित्रिएको छ । १२५ सीसीको बीएस६ इन्जिनयुक्त यो मोटरसाइकलले नेपाली बजारमा चर्चित होन्डा साइनलगायतका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

यसको कार्यक्षमता र सवारी चलाउँदाको आरामपना थप्दै ग्ल्ययामर एक्सटेकले फस्र्ट–इन सेग्मेन्ट, ‘इन्टिग्रेटेड यूएसबी चार्जिङ’, ब्लुटुथ कनेक्टिभिटी विथ कल एन्ड एसएमएस अलर्ट र टन–बाइ–टर्न नेभिगेसन प्रदान गर्दछ । हाई लेभल क्लस्टर विशेषतामा गियर पोजिसन इन्डिकेटर, इको मोड, ट्याकोमिटर र रियल टाइम माइलेज सूचक (आरटीएआई) रहेको छ ।

सुरक्षा
सवारी चालक र पछाडि बस्ने यात्रुको उच्चतम सुरक्षा सुनिश्चित गर्दैै मोटरसाइकलमा साइड–स्ट्यान्ड भिजुअल संकेत र सेगमेन्ट–फस्र्ट ‘साइड–स्ट्यान्ड इन्जिन कट अफ’ छ । ग्ल्यामर एक्सटेकमा बैंक–एंगल सेन्सर पनि छ जसले खस्दाखेरी इन्जिनलाई काट्दछ । रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्सर्बर सस्पेन्सन, फ्रन्ट २४० एमएम डिस्क ब्रेक, फराकिलो रियर टायर र १८० एमएमको ग्राउन्ड क्लियरेन्सले वास्तविक सडक उपस्थितिको साथ भरपर्दो र दिनभरि राइडिङको आराम प्रदान गर्दछ ।

स्टाइल
नयाँ ग्ल्यामर एक्सटेकले उज्यालोप्रेमी युवाकालागि एलईडी हेडल्याम्प र एच–सिग्नेचर पोजिसन ल्याम्पसहित चम्किलोपनमा सेगमेन्टकै सबैभन्दा बढी (३४ प्रतिशत बढी हेडलाइट उज्यालोपन) स्टाइल प्रदान गर्दछ । नयाँ म्याट रङका लागि थ्रीडी ब्रान्डिङ, रिम टेप र निलो एक्सेन्टहरूले समग्र आकर्षण बढाउँछ ।

इन्जिन
नयाँ ग्ल्यामर एक्सटेक, एक्ससेन्स प्रोग्राम्ड प्mयुल इन्जेक्सनयुक्त १२५ सीसी बीएस–सिक्स इन्जिनद्वारा सञ्चालित छ र यो ७ प्रतिशत अधिक इन्धन किफायती छ । इन्जिनले ७५०० आरपीएममा १०.७ बीएचपी पावर र ६००० आरएपीएममा १०.६ एनएम टर्क उत्पादन गर्दछ । हिरो मोटोकर्पको क्रान्तिकारी आई३एस (आईडल स्टार्ट–स्टप सिस्टम) को विशेषता, अटो सेल टेक्नोलोजीसँगसँगै ग्ल्यामर एक्सटेकले आफ्नो ब्रान्डको कार्यसम्पादन र आरामको प्रतिज्ञा पूरा गर्ने बताइएको छ ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २ लाख ७६ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

स्प्लेन्डर प्लसमा पनि डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी, लन्च भयो एक्सटेक भेरियन्ट

स्प्लेन्डर प्लसमा पनि डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी, लन्च भयो एक्सटेक भेरियन्ट

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटो कर्पले आफ्नो इन्ट्रि...

नयाँ इन्जिनमा आउँदै हिरो हंक, यस्तो हुनेछ पावर तथा पर्फमेन्स

नयाँ इन्जिनमा आउँदै हिरो हंक, यस्तो हुनेछ पावर तथा पर्फमेन्स

हिरोले ५ वर्षअघि नै उत्पादन वन्द गरेको हंक मोडललाई पुन बजारमा ल्याउने भएको...

हिरो माभरिक एक्स४४० लन्च हुने तयारीमा, जारी भयो एक्जस्ट नोट

हिरो माभरिक एक्स४४० लन्च हुने तयारीमा, जारी भयो एक्जस्ट नोट

हिरो मोटोकर्पले आफ्नो नयाँ बाइक जनवरी २३ मा लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...