होण्डा डिओलाई टक्कर दिन आउँदै हिरो जुम, यस्तो छ भिन्नता
डिओ होण्डाको सर्बाधिक बिक्री हुने स्कुटर हो । यो स्कुटर ११० र १२५ सिसी...
हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा ग्ल्यामर एक्सटेक (XTEC) ल्याउने भएको छ । हिरो मोटोकर्पले तयार गरेको प्रस्तुतिकरण अनलाइन रुपमा लिक भएको आधारमा यो समाचार विभिन्न मिडियाहरुले सार्वजनिक गरेका हुन् ।
हाल बजारमा हिरोका १२५ सीसी कम्युटर सेगमेन्टमा दुई बाइक ग्ल्यामर र सुपर स्प्लेन्डर उपलब्ध छन् । तर बजारमा यही सेगमेन्टको होन्डा साइनसँग यी बाइकले प्रतिस्पर्धा गर्न सकेका छैनन् । यही कुरालाई मनन गरेर हुन सक्छ, हिरोले १२५ सीसीको प्रिमियम बाइक सेगमेन्टमा ग्ल्यामर एक्सटेक ल्याउने तयारी गर्दैछ ।
लिक भएको प्रस्तुतिकरण अनुसार हिरो एक्सटेकमा फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुनेछ । हाल स्ट्यान्डर्ड ग्ल्यामर र सुपर स्प्लेन्डरमा रहेको सेमी डिजिटल युनिट भन्दा यो फरक हुनेछ ।
यसमा गियर पोजिसन इन्डिकेटर, डिजिटल टेकोमिटर र रियल टाइम फ्युल कन्जम्प्सन डाटा हुनेछ । सो बाइकमा एलईडी हेडलाइट समेत हुने अनुमान गरिएको छ, यद्यपि यसको वारेमा त्यहाँ केही जानकारी उपलब्ध छैन ।
हिरोको सो बाइक टेक्नो ब्ल्याक, ग्रे ब्लु र ग्रे रेड गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ । हाल प्रचलित ग्ल्यामर भन्दा ग्ल्यामर एक्सटेक ३ हजार भारु महंगो हुने बताइएको छ । हाल नेपाली बजारमा
हिरोका अन्य १२५ सीसी मोडलमा भएकै १२४.७ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन यसमा पनि प्रयोग गरिने छ । सो इन्जिनले १०.७ एचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्छ ।
डिओ होण्डाको सर्बाधिक बिक्री हुने स्कुटर हो । यो स्कुटर ११० र १२५ सिसी...
काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सको एसेम्बल...
हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...