फेरि लन्च भयो नयाँ हिरो ग्ल्यामर, यस्तो छ मूल्य, माइलेज र फिचर

हिरो मोटोकर्पले भारतीय बजारमा अपडेट ग्ल्यामर बाइक ड्रम र डिस्क गरी २ भेरिएन्टमा लन्च गरेको छ । हिरो ग्ल्यामरको ड्रम भेरिएन्टको मूल्य ८२ हजार ३४८ भारु र डिस्क भेरिएन्टको मूल्य ८६ हजार ३४८ भारु तोकिएको छ । सो बाइकमा ३ वटा रङको विकल्प रहेको छ ।

हिरो ग्ल्यामरले भारतीय बजारमा टीभीएस रेडर १२५, बजाज पल्सर १२५ र होन्डा साइन बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

हिरो ग्ल्यामरमा १२५ सीसी, सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन जडान गरिएको छ । सो इन्जिनले ७५०० आरपीएममा १०.६८ बीएचपी पावर र ६००० आरपीएममा १०.६ एनएमको टर्क जेनेरेट गर्छ ।

यो हिरोको आई३एस आइडल स्टप स्टार्ट सिस्टममा उपलब्ध छ र इन्जिन ओबीडी२ अनुरूप छ साथै ई२० इन्धनमा पनि चल्न सक्छ । नयाँ हिरो ग्ल्यामरले ६३ किमी प्रति लिटरको माइलेज दिने दावी गरिरहेको छ ।

सो बाइक अब चेकर्ड स्ट्राइपसहित अपडेट ग्राफिक्समा आउनेछ । यसमा नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि छ, जसले वास्तविक समय माइलेज इन्डिकेटर र लो फ्युल इन्डिकेटर जस्ता विभिन्न जानकारी देखाउँछ ।

सो बाइकमा युएसबी चार्जर पनि थपेको छ । साथै कम्पनीले बाइकमा राइडरको उचाई ८ एमएम र पिलियन सिटको उचाइ १७ एमएमले घटाएको छ ।

नयाँ प्रदूषण मापदण्ड लागू भए पछि सन् २०२० मा यसको उत्पादन बन्द गरिएको थियो । तर अहिले फेरि यसलाई नयाँ मापदण्ड अनुसार फेरि लन्च गरिएको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...