नेपाली बजारमा एक्स्ट्रिम सिरिजका दुई मोटरसाइकल सार्वजनिक गर्दै हिरो

काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले एक्स्ट्रिम सिरिजका दुई नयाँ बाइक सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

बहुप्रतिक्षित यी दूबै नयाँ बाइक गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

एक्स्ट्रिम १२५ आर सिंगल च्यानल एबीएस रहेको छ । यसले सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि प्रदान गर्छ । यो श्रेणीकै सर्वाधिक तीव्र गतिको मोटरसाइकल भएको कम्पनीको भनाइ छ । यसले सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी अनुभव प्रदान गर्छ ।

यसमा सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको व्यवस्था छ । त्यसैगरी सुदृढ दृश्य तथा यात्रामा सुरक्षार्थ नवप्रवर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइटको सुविधा छ भने यसमा रहेको ब्लुटुथ कनेक्टिभिटीले चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा प्रदान गर्छ । ।

एक्स्ट्रिम १६० आरमा श्रेणीकै सर्वाधिक गति क्षमता छ । तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ । यसमा रहेको केवाईबी (KYB) ब्रान्डको फ्रन्ट यूएसडी सस्पेन्सनमार्फत प्रवाह हुने प्रभावकारी फ्रन्ट ब्रेकिङ प्रणालीको ब्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ भने यसमा रहेको ब्लुटुथ कनेक्टिभिटीले चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा प्रदान गर्छ । ।

सार्वजनिकको तयारीमा रहेका नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको बताएको छ ।

सम्बन्धित समाचारहरू

के हिरोले ल्याउँदै छ भिभो इलेक्ट्रिक स्कुटर

के हिरोले ल्याउँदै छ भिभो इलेक्ट्रिक स्कुटर

हाल विभिन्न अटोमोबाइल कम्पनीहरु इलेक्ट्रिक सवारी साधन निर्माण अभियानमा...

हिरोले ल्यायो कार्बन फाइबरबाट बनेको बाइक, सय युनिट मात्रै बनाइने

हिरोले ल्यायो कार्बन फाइबरबाट बनेको बाइक, सय युनिट मात्रै बनाइने

हिरो मोटरकर्पले माभरिक र एक्सट्रिम १२५आर पछि अब नयाँ बाइक सीई००१ समेत...

११० सिसी इन्जिनमा पनि आयो हिरो डेस्टिनी, यस्तो छ मूल्य र फिचर

११० सिसी इन्जिनमा पनि आयो हिरो डेस्टिनी, यस्तो छ मूल्य र फिचर

हिरो मोटोकर्पले भारतमा डेस्टिनी ११० लन्च गरेको छ । यसअघि १२५ सिसी इन्जिनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...