हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने
काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...
काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले आगामी कार्तिक २४ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला आयोजना गर्ने भएको छ ।
एकै स्थानमा हुन गइरहेको उक्त सर्भिस तथा एक्सचेन्ज महामेला अन्तर्गत सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पार्ट्स एवं ल्युबमा १५ प्रतिशत छुट, एएमसी सर्भिसमा ३० प्रतिशत छुट पाइने छ । यसका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लिनिङ, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाइने छ ।
यी वाहेक हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएन ३० हजार सहित थप भ्यालु एडिसनहरु १५ हजार देखि १ लाख रुपैयाँ वा अन्य ब्रान्ड टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएसन २५ हजार सहित थप भ्यालु एडिसन १५ हजार देखि १ लाख रुपैयाँ सम्म पाइने छ ।
नयाँ हिरो मोटरसाइकल र स्कुटरहरुको खरिदमा न्यूनतम ८ हजार देखि १ लाख रुपैयाँ सम्मको डिस्काउन्ट तथा फ्रि एसेसरिज हेल्मेट, बाइक कभर र ग्लोभ्स प्राप्त हुनेछ ।
सरल फाइनान्सको पनि सुविधा सहित नागरिकताको भरमा हिरो मोटरसाइकल तथा स्कुटरहरु ढुक्कका साथ चढ्नका लागि कम्पनीले आमन्त्रण गरेको छ ।
दैनिक रुपमा लक्की ड्रमार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेटका साथै मेला अवधिभरमा भ्रमण गरेका ग्राहकहरु मध्येवाट लक्की ड्र गरी एकजनालाई नथिङ स्मार्ट फोन प्रदान गरिने कम्पनीको भनाइ छ ।
काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...
हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१...
काठमाडौं– हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरलक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...