जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक
काठमाडौं — ग्रेट वाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘हाभल...
मोटरसाइकल वा स्कुटर चलाउँदा हेल्मेट लगाउनु अनिवार्य र जीवनरक्षक मानिन्छ। तर धेरैको मनमा एउटा साझा डर हुन्छ हेल्मेट लगाउँदा कपाल झर्छ कि झर्दैन? हेल्मेटकै कारण कपाल झर्छ र तालु खुइलिन्छ भन्ने विश्वास अझै रहेको छ।
वास्तवमा हेल्मेट लगाउनाले प्रत्यक्ष रूपमा कपाल झर्दैन । कपाल झर्ने मुख्य कारण आनुवंशिक प्रभाव, हार्मोनल परिवर्तन, तनाव, पोषणको कमी र जीवनशैलीसँग सम्बन्धित हुन्छ । हेल्मेट आफैं कपाल झर्ने कारण होइन, तर यसको गलत प्रयोग वा सरसफाइमा लापरबाहीले भने कपाल र टाउकोको स्वास्थ्यमा असर पुर्याउन सक्छ।
साथै अत्यन्तै टाइट हेल्मेट लामो समयसम्म लगाइरहँदा कपालको जरामा निरन्तर तानिने दबाब पर्न सक्छ। यसले कपालको जरा कमजोर बनाउँदै कपाल झर्ने समस्या बढाउन सक्छ। यस अवस्थालाई ट्र्याक्सन एलोपेसिया भनिन्छ, जुन कपाल लगातार तानिँदा देखिने समस्या हो। त्यसैले सही साइजको, आरामदायी हेल्मेट छनोट गर्नु निकै महत्त्वपूर्ण हुन्छ।
अर्को समस्या भनेको हेल्मेटभित्र हावाको प्रवाह कम हुँदा पसिना धेरै आउने अवस्था हो। पसिना जमिरहँदा टाउकोमा ब्याक्टेरिया वा फंगल संक्रमणको जोखिम बढ्न सक्छ, जसले कपालको जरालाई क्षति पुर्याउन सक्छ। यस्तो समस्या विशेषगरी फोहोर वा लामो समयसम्म सफा नगरिएको हेल्मेट प्रयोग गर्दा देखिन्छ।
यसबाट बच्नका लागि हेल्मेट प्रयोग गर्दा केही सावधानी अपनाउन सकिन्छ। हेल्मेट लगाउनु अघि कपासको स्कार्फ वा स्कल क्याप प्रयोग गर्दा पसिना सोसिन्छ र टाउको सुख्खा रहन्छ । यदि हेल्मेटको भित्री प्याड धुन मिल्ने खालको छ भने नियमित रूपमा सफा गर्नु आवश्यक हुन्छ। नुहाएपछि वा भिजेको कपालमै हेल्मेट लगाउनु हुँदैन, किनकि यसले फंगल संक्रमणको सम्भावना बढाउँछ। साथै, सकेसम्म आफ्नो व्यक्तिगत हेल्मेट मात्र प्रयोग गर्नु राम्रो हुन्छ, किनकि अरूले प्रयोग गरेको फोहोर हेल्मेटले कपाल र छालामा समस्या ल्याउन सक्छ।
हेल्मेट आफैमा कपाल झर्ने मुख्य कारण होइन। बरु, सही साइजको, सफा र उचित तरिकाले प्रयोग गरिएको हेल्मेटले कपाललाई खासै असर गर्दैन।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...