जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
हुन्डाई मोटर ग्रुपको सहायक कम्पनी हुन्डाई मोबिसले जर्मन अप्टिकल जायन्ट जेइससँग ‘होलोग्राफिक विन्डशिल्ड डिस्प्ले’ विकास गर्नका लागि साझेदारी गरेको छ । दक्षिण कोरियाली कम्पनी हुन्डाईले यस प्रकारको प्रविधिले हाल कारमा उपलब्ध हुने ड्यासबोर्डको स्क्रिन सबै हटाउने र यसको पुरै विन्डशिल्ड नै फुल–डिस्प्ले स्क्रिन हुने बताएको छ ।
दुवै कम्पनीले पुरै हेड–अप डिस्प्ले (एचयूडी) को आइडिया लिएर त्यसैको विस्तृत रुपलाई पुरै फ्रन्ट विन्डशिल्डको रुपमा विकास गरेको बताएका छन् । यद्यपि हालको एचयूडीमा स्पिड र नेभिगेसनको लगायतका केही सूचना मात्र उपलब्ध हुन्छ भने नयाँ सिस्टममा भने इन्फोटेनमेन्ट, अडियो कन्ट्रोल, भिडियो, भेइकल मेनु र गेम लगायतका विभिन्न फिचरहरु सम्मिलित हुनेछन् ।
सार्वजनिक भएको कन्सेप्ट इमेज चाहिं किया ईभी९ जस्तो देखिन्छ । यसको ड्यासबोर्डमा इन्स्ट्रयुमेन्ट कन्सोल र सेन्ट्रल टचस्क्रिन दुवै छ भने यसमा पुरै विन्डशिल्डमा विभिन्न जानकारी उपलब्ध हुन्छ ।
यसले कसरी कार्य गर्दछ भन्ने वारेमा पनि मोबिस र जेइस दुवैले जानकारी दिएका छन् । यसमा होलोग्राम डिस्प्ले गर्ने अल्ट्रा–थिन फिल्म हुन्छ भने ड्यासबोर्डमा कतै प्रोजेक्टर माउन्ट गरिन्छ । यो पारदर्शी हुनुका साथै यसले कुनै पनि अवरोध गर्दैन ।
ड्राइभर र यात्रु दुवैले अगाडिको दृश्य सहज तरिकाले हेर्न सक्छन् । यसको स्क्रिनलाई भ्वाइस वा जेस्चर कन्ट्रोलबाट संचालन गर्न सकिने छ ।
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...
भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...