मार्च २१ मा लन्च हुने भयो न्यु जेनेरेसन हुन्डाई भरना, यस्तो हुनेछ परिवर्तन

हुन्डाईले न्यु जेनेरेसन हुन्डाई भरनाको उत्पादन सुरु गरेको छ । कम्पनीले नयाँ भरना मार्च २१ मा लन्च गर्नेछ । कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ । न्यु जेनेरेसन हुन्डाई भरना ईएक्स, एस, एसएक्स र एसएक्सओ गरी ४ ट्रिममा उपलब्ध हुनेछ ।

यसको इन्जिनलाई ई२० इन्धनमा चलाउन अपडेट गरिएको छ । रिपोर्टका अनुसार यो यसको सेगमेन्टको टप परफर्मर सेडान बन्ने सम्भावना छ । कम्पनीले नयाँ भरनाको फ्रन्ट डिजाइनलाई पूर्ण रूपमा परिवर्तन गरेको छ । यसमा पहिलाको भन्दा ठूलो फ्रन्ट ग्रिल हुनेछ ।

यसको बम्परमा एलईडी प्रोजेक्टर हेडलाइट राखिएको छ र यसको माथि स्लिम एलईडी डीआरएल राखिएको छ । कारको पछाडि नयाँ एलईडी टेललाइट सेटअप दिइएको छ । कारमा दुबै टेललाइटलाई जोड्ने एलईडी स्ट्रिप दिइएको छ ।

नयाँ भरनाको टप भेरिएन्टमा प्यानोरामिक सनरुफ उपलब्ध छ । नयाँ भरना ७ मोनोटोन र २ ड्युअल टोन कलरमा ल्याउने अनुमान गरिएको छ ।

कारको इन्टेरियरमा रिफ्रेस गरिएको ड्यासबोर्ड, नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र अन्य अपडेटहरू हुने सम्भावना छ । यसमा एडीएएस फिचर पनि दिन सकिन्छ ।

यसमा ब्लाइन्ड स्पट इन्डिकेसन, फरवार्ड कोलिजन अभोइडेन्स सिस्टम, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, रियर क्रस ट्राफिक कोलिजन वार्निङ र ड्राइभर एटेन्सन वार्निङ जस्ता फिचर समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

महंगो भयो हुन्डाइ क्रेटा, अव सवै भेरिएन्टमा ६ एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर

महंगो भयो हुन्डाइ क्रेटा, अव सवै भेरिएन्टमा ६ एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर

हुन्डाइले आफ्नो लोकप्रिय एसयूभी क्रेटालाई आरडिई(रियल ड्राइभिङ इमिसन) र...

नयाँ वर्षको अवसरमा हुन्डाई गाडी किन्दै हुनुहुन्छ ? आयो ६ लाख छुट सहितको यस्तो अफर

नयाँ वर्षको अवसरमा हुन्डाई गाडी किन्दै हुनुहुन्छ ? आयो ६ लाख छुट सहितको यस्तो अफर

काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

हुन्डाईले हालसालै लन्च गरेको क्रेटा फेसलिफ्टमा भारतीय ग्राहकले अत्याधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...