हुन्डाईले घोषणा ग-यो ‘यसपालीको दशै तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको विजेता
काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले...
हुन्डाईले न्यु जेनेरेसन हुन्डाई भरनाको उत्पादन सुरु गरेको छ । कम्पनीले नयाँ भरना मार्च २१ मा लन्च गर्नेछ । कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ । न्यु जेनेरेसन हुन्डाई भरना ईएक्स, एस, एसएक्स र एसएक्सओ गरी ४ ट्रिममा उपलब्ध हुनेछ ।
यसको इन्जिनलाई ई२० इन्धनमा चलाउन अपडेट गरिएको छ । रिपोर्टका अनुसार यो यसको सेगमेन्टको टप परफर्मर सेडान बन्ने सम्भावना छ । कम्पनीले नयाँ भरनाको फ्रन्ट डिजाइनलाई पूर्ण रूपमा परिवर्तन गरेको छ । यसमा पहिलाको भन्दा ठूलो फ्रन्ट ग्रिल हुनेछ ।
यसको बम्परमा एलईडी प्रोजेक्टर हेडलाइट राखिएको छ र यसको माथि स्लिम एलईडी डीआरएल राखिएको छ । कारको पछाडि नयाँ एलईडी टेललाइट सेटअप दिइएको छ । कारमा दुबै टेललाइटलाई जोड्ने एलईडी स्ट्रिप दिइएको छ ।
नयाँ भरनाको टप भेरिएन्टमा प्यानोरामिक सनरुफ उपलब्ध छ । नयाँ भरना ७ मोनोटोन र २ ड्युअल टोन कलरमा ल्याउने अनुमान गरिएको छ ।
कारको इन्टेरियरमा रिफ्रेस गरिएको ड्यासबोर्ड, नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र अन्य अपडेटहरू हुने सम्भावना छ । यसमा एडीएएस फिचर पनि दिन सकिन्छ ।
यसमा ब्लाइन्ड स्पट इन्डिकेसन, फरवार्ड कोलिजन अभोइडेन्स सिस्टम, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, रियर क्रस ट्राफिक कोलिजन वार्निङ र ड्राइभर एटेन्सन वार्निङ जस्ता फिचर समावेश गरिएको छ ।
काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले...
हुन्डाई मोटर ग्रुपले तीन वटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटीज)...
लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...