प्रत्येक ५ मिनेटमा एउटा क्रेटा बिक्री !

हुन्डाई इण्डियाले क्रेटाको कुल बिक्री १० लाख युनिट नाघेको घोषणा गरेको छ । क्रेटा २०१५ मा भारतीय बजारमा लन्च गरिएको थियो । विगत ८ वर्षदेखि यो सबैभन्दा लोकप्रिय मिड साइज एसयूभी मध्येको एक बनिरहेको छ । हरेक ५ मिनेटमा एउटा क्रेटा बिक्री हुने गरेको बताइएको छ ।

हुन्डाईले भर्खरै क्रेटाको अपडेटेड संस्करण लन्च गरेको छ । कम्पनीले ६० हजारभन्दा बढी बुकिङका साथ अत्याधिक प्रतिक्रिया पाएको दाबी गरेको छ । क्रेटा फेसलिफ्ट सात भेरियन्टमा उपलब्ध छ, जसको मूल्य ११ लाख भारु(एक्स–शोरूम) बाट सुरु हुन्छ।

हुन्डाईले मेड इन इन्डिया क्रेटालाई विश्व बजारमा पनि निर्यात गर्छ । कम्पनीका अनुसार हालसम्म २ लाख ८० हजार युनिट निर्यात भइसकेको छ । क्रेटा नेपाली बजारमा समेत निकै रुचाइएको एसयूभी हो ।

९ वर्षअघि लन्च भएको यो एसयुभीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपाली बजारमा यसको शुरुवाती मूल्य ५२ लाख ९६ हजार निर्धारण गरिएको छ । टप भेरिएन्टलाई ७९ लाख ५६ हजार रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक...

आयोनिक ५ लाई ‘कार अफ दि इयर’ र हिमालयन ४५० लाई ‘बाइक अफ दि इयर’ अवार्ड

आयोनिक ५ लाई ‘कार अफ दि इयर’ र हिमालयन ४५० लाई ‘बाइक अफ दि इयर’ अवार्ड

अटो कार अवार्ड–२०२४ मा हुन्डाई आयोनिक ५ ले ‘कार अफ दि इयर’ र रोयल इन्फिल्ड...

होन्डा, हुन्डाई र स्कोडाले नयाँ सेडान ल्याउँदै, यस्तो हुनेछ पावर र पर्फमेन्स

होन्डा, हुन्डाई र स्कोडाले नयाँ सेडान ल्याउँदै, यस्तो हुनेछ पावर र पर्फमेन्स

होन्डा, हुन्डाई र स्कोडाले भारतीय बजारलाई लक्षित गरी नयाँ सेडान ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...