प्रत्येक ५ मिनेटमा एउटा क्रेटा बिक्री !

हुन्डाई इण्डियाले क्रेटाको कुल बिक्री १० लाख युनिट नाघेको घोषणा गरेको छ । क्रेटा २०१५ मा भारतीय बजारमा लन्च गरिएको थियो । विगत ८ वर्षदेखि यो सबैभन्दा लोकप्रिय मिड साइज एसयूभी मध्येको एक बनिरहेको छ । हरेक ५ मिनेटमा एउटा क्रेटा बिक्री हुने गरेको बताइएको छ ।

हुन्डाईले भर्खरै क्रेटाको अपडेटेड संस्करण लन्च गरेको छ । कम्पनीले ६० हजारभन्दा बढी बुकिङका साथ अत्याधिक प्रतिक्रिया पाएको दाबी गरेको छ । क्रेटा फेसलिफ्ट सात भेरियन्टमा उपलब्ध छ, जसको मूल्य ११ लाख भारु(एक्स–शोरूम) बाट सुरु हुन्छ।

हुन्डाईले मेड इन इन्डिया क्रेटालाई विश्व बजारमा पनि निर्यात गर्छ । कम्पनीका अनुसार हालसम्म २ लाख ८० हजार युनिट निर्यात भइसकेको छ । क्रेटा नेपाली बजारमा समेत निकै रुचाइएको एसयूभी हो ।

९ वर्षअघि लन्च भएको यो एसयुभीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपाली बजारमा यसको शुरुवाती मूल्य ५२ लाख ९६ हजार निर्धारण गरिएको छ । टप भेरिएन्टलाई ७९ लाख ५६ हजार रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई भेन्यु फेसलिफ्ट : नाडा अटो शोको आकर्षण बन्ने

हुन्डाई भेन्यु फेसलिफ्ट : नाडा अटो शोको आकर्षण बन्ने

काठमाडौं – भारतमा केही दिन पहिले लन्च गरिएको हुन्डाई भेन्यु फेसलिफ्ट...

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...

भोलि नेपाली बजारमा नयाँ जेनेरेसन हुन्डाई आई२० को भर्चुअल लन्च हुँदै

भोलि नेपाली बजारमा नयाँ जेनेरेसन हुन्डाई आई२० को भर्चुअल लन्च हुँदै

काठमाडौं – भोलि बिहीबार नेपाली बजारमा नयाँ जेनेरेसनको हुन्डाई आई२०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...