फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने
काठमाडौं – नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल...
चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी ग्रेटवाल अन्तर्गतको कम्पनी ह्यावलको तेस्रो जेनेरेसन एच६ एसयूभी हालै नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा भीजी इम्पेक्स प्रालिले सो एसयूभी नेपाली बजारमा उपलब्ध गराएको हो ।
थर्ड जेन ह्याबल एच६ नेपाली बजारमा उपलब्ध भए पश्चात यो सेगमेन्टमा एक नयाँ प्रतिस्पर्धि थपिएको छ । यसको मूल्य ९६ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाट शक्ति र ३२० एनएम टर्क डिस्प्लेस्टमेन्टले अर्कै खाले अनुभूति प्रदान गर्दछ ।
यसको हाइयर ग्राउण्ड क्लियरेन्सले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीको बनावटले यस गाडीलाई अर्कै खाले स्थिरता र मजबुती प्रदान गर्दछ ।
यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तिकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फङ्सनल स्टेयरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ताररहित चार्जिङले गाडीलाई नयाँ स्वरुप दिन्छ । साथै आठ वटा एयरब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, एचएचसी अर्थात हिल होल्ड कन्ट्रोल, ईबीडी सहितको एबीएस सुविधा र एससीएम अर्थात सेकेन्ड संयन्त्र र एफसीएम अर्थात फरवार्ड कोलिजन संयन्त्र सहितका एन्टी–कोलिजन संयन्त्रले दुर्घटनाको सम्भावनालाई घटाउँछ ।
इनबिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पिडमा एलटु स्तरको अटोमेटिक एसीसी ड्राइभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभूति दिनेछ ।
गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा सानदार सवारीमा विराजमान छु भन्ने अनुभूति गराउँदछ । यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाइट, अयेर्स ग्रे र एट्लान्टिस ब्लुमा नेपालमा उपलब्ध हुनेछन् । यो गाडीले नेपालको अटो बजारलाई पुनः परिभाषित गर्ने कुरामा विश्वस्त रहेको कम्पनीको भनाइ छ ।
काठमाडौं – नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल...
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
फक्सवागन समूहले भारतमा आफ्नो विद्युतीय गाडीको प्लेटफर्म र पावरट्रेनलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...