चाडपर्वमा फक्सवागन पोलो र भेन्टो किन्दा बम्पर पुरस्कारमा बीएमडब्ल्यु जी३१० जीएस मोटरसाइकल
काठमाडौं – नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले फक्सवागन...
चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी ग्रेटवाल अन्तर्गतको कम्पनी ह्यावलको तेस्रो जेनेरेसन एच६ एसयूभी हालै नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा भीजी इम्पेक्स प्रालिले सो एसयूभी नेपाली बजारमा उपलब्ध गराएको हो ।
थर्ड जेन ह्याबल एच६ नेपाली बजारमा उपलब्ध भए पश्चात यो सेगमेन्टमा एक नयाँ प्रतिस्पर्धि थपिएको छ । यसको मूल्य ९६ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाट शक्ति र ३२० एनएम टर्क डिस्प्लेस्टमेन्टले अर्कै खाले अनुभूति प्रदान गर्दछ ।
यसको हाइयर ग्राउण्ड क्लियरेन्सले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीको बनावटले यस गाडीलाई अर्कै खाले स्थिरता र मजबुती प्रदान गर्दछ ।

यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तिकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फङ्सनल स्टेयरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ताररहित चार्जिङले गाडीलाई नयाँ स्वरुप दिन्छ । साथै आठ वटा एयरब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, एचएचसी अर्थात हिल होल्ड कन्ट्रोल, ईबीडी सहितको एबीएस सुविधा र एससीएम अर्थात सेकेन्ड संयन्त्र र एफसीएम अर्थात फरवार्ड कोलिजन संयन्त्र सहितका एन्टी–कोलिजन संयन्त्रले दुर्घटनाको सम्भावनालाई घटाउँछ ।
इनबिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पिडमा एलटु स्तरको अटोमेटिक एसीसी ड्राइभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभूति दिनेछ ।
गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा सानदार सवारीमा विराजमान छु भन्ने अनुभूति गराउँदछ । यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाइट, अयेर्स ग्रे र एट्लान्टिस ब्लुमा नेपालमा उपलब्ध हुनेछन् । यो गाडीले नेपालको अटो बजारलाई पुनः परिभाषित गर्ने कुरामा विश्वस्त रहेको कम्पनीको भनाइ छ ।
काठमाडौं – नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले फक्सवागन...
फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले...
नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...