यी हुन् नेपालमा भएका १५ सय सीसी माथिका कार र एसयूभी, १० लाख सम्म मूल्य बढ्न सक्ने
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत...
काठमाडौं – फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनलले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको ‘ह्याप्पी न्यु वागन २०७८, हर्ष नयाँ वर्षको, अफर ४ वर्षको’ अफरलाई आगामी असार ३१ सम्म थप गरेको छ ।
नयाँ वर्ष २०७८ को अवसरमा गत बैशाख देखि नै लागू हुने गरी ल्याएको सो अफर बैशाख १६ गते निषेधाज्ञा प्रारम्भ भएकाले ग्राहकका लागि उपलब्धिमूलक बन्न सकेको थिएन । यही कुरालाई मनन गरी पूजा इन्टरनेसनलले यो अफरलाई थप गरिएको बताएको छ ।
यस अन्तर्गत फक्सवागनको कुनै पनि कार किन्दा ४ वर्ष सम्म कुनै पनि मर्मत शुल्क तिर्नु पर्ने छैन । यो अवधिमा सबै गाडीको निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । त्यसैगरी कार किन्ने ग्राहकलाई एक वर्ष सम्मको बिमा र अन्य कर निःशुल्क उपलब्ध हुनेछ ।
फक्सवागनको नयाँ किनिएको गाडीलाई २ वर्ष सम्म जति किलोमिटर चलाए पनि वारेन्टी उपलब्ध हुनेछ । गाडी किन्दा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने सहज फाइनान्सिङको व्यवस्था समेत उपलब्ध छ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत...
फक्सवागनले आफ्नो लोकप्रिय एसयूभी टीग्वानको थर्ड जेनेरेशन सार्वजनिक...
भारतीय प्लान्टमा उत्पादन गरिएको फक्सवागन टाइगुन र स्कोडा कुशाक एउटै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...