सुर्खेतमा एथरको १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालन
सुर्खेत – एथर नेपालले कर्णाली प्रदेशमा विद्युतीय सवारीसाधनको पहुँच...
बुटवल – जीडब्लूएम अर्थात ग्रेटवाल मोटरका विद्युतीय सवारीसाधनको बिक्री तथा सेवा विस्तार गर्ने क्रममा बुटवलको कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा आएको छ। नेपालका लागि जीडब्लूएमका सवारीसाधनको आधिकारिक वितरक भीजी इम्पेक्स अन्तर्गत जीडब्लूएमको अधिकृत क्षेत्रीय साझेदार सहर्ष इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको शोरुमको उद्घाटनसँगै जीडब्लूएम ओरा ५ ईभी एसयूभी र हावल जोलायन म्याक्स ईभी एसयूभी पनि बुटवल बजारमा सार्वजनिक गरिएको हो।
नयाँ शोरुमबाट बिक्रीसँगै सर्भिस तथा स्पेयर पार्ट्सको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। बुटवल तथा लुम्बिनी प्रदेशमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई लक्षित गर्दै शोरुम विस्तार गरिएको कम्पनीको भनाइ छ।
ओरा ५ - ५२० किलोमिटरसम्मको रेन्ज
जीडब्लूएम ओरा ५ मा एनईडीसी अनुसार ५२० किलोमिटरसम्मको रेन्ज, ५–स्टार एनक्याप तथा युरो एनक्याप सुरक्षा रेटिङ, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० भन्दा बढी लेभल टु एडास फिचर छन्। यसको मूल्य ४८ लाख ४९ हजार रुपैयाँबाट सुरु हुन्छ।
हावल जोलायन म्याक्स ईभी
हावल जोलायन म्याक्स ईभीमा ५८.३ किलोवाट आवर ब्याट्री, डब्लूएलटीपी अनुसार ४०० किलोमिटरभन्दा बढी रेन्ज, १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च टचस्क्रिन र भीटुएल सुविधा रहेको छ। यसको अफर मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

सहर्ष इन्टरप्राइजेजका अध्यक्ष केहरसिंह खड्काले बुटवल तथा लुम्बिनी प्रदेशका ग्राहकलाई बिक्रीसँगै भरपर्दो सर्भिस र स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको बताए।
भीजी इम्पेक्सका जनरल म्यानेजर (सेल्स एन्ड अपरेसन) अधिर कुमार श्रेष्ठले ओरा ५ र हावल जोलायन म्याक्स ईभीमार्फत बुटवल तथा आसपासका ग्राहकलाई आधुनिक विद्युतीय मोबिलिटीको विकल्प उपलब्ध गराइएको बताए।
दुवै मोडलका लागि बुकिङ तथा टेस्ट ड्राइभ खुला गरिएको छ। ग्राहकले कालिकानगरस्थित शोरुममा पुगेर सवारीसाधनबारे जानकारी तथा टेस्ट ड्राइभ लिन सक्नेछन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...