पोखरामा जीडब्लूएमको नयाँ शोरुम, ओरा५ र जोलियन म्याक्स ईभी सार्वजनिक

पोखरा–ग्रेट वाल मोटर (जीडब्लुएमम) नेपालको पोखरास्थित आधिकारिक डिलर रेज मोटर्स प्रालिले उत्तमचोकमा नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।

शोरुम उद्घाटनका अवसरमा कम्पनीले आफ्ना दुई नयाँ ईभी ओरा५ र हाभल जोलियन म्याक्स ईभी औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

ओरा ५ मा ५८.३ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ४३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा सुरक्षा र प्रविधिका आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।

त्यसैगरी हाभल जोलियन म्याक्स ईभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट आवरको ब्याट्री छ, जसले ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको भनाइ छ । यस ईभीमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट प्रणाली, उन्नत ड्राइभर असिस्टेन्स सिस्टम र भीटूएल सुविधा उपलब्ध छन् ।

उत्तमचोकमा रहेको नयाँ ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुमबाट ग्राहकले बिक्री, मर्मत र पार्टपुर्जासहितका सबै सेवाहरू एकै स्थानबाट प्राप्त गर्न सक्ने बताइएको छ । यस शोरुममा जीडब्लूएमका प्रिमियम गाडीहरूको प्रदर्शनीका साथै ईभीका लागि आवश्यक प्राविधिक सहयोग र सेवासमेत उपलब्ध गराइनेछ ।

रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले पोखरामा जीडब्लूएम ब्रान्ड भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै गाडी बिक्रीसँगै उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

भीजी इम्पेक्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पोखरालाई जीडब्लूएमको बजार विस्तारका लागि महत्त्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै यस नयाँ आउटलेटले पोखरा र आसपासका जिल्लाका ग्राहकलाई सेवा लिन सहज हुने बताए ।

शोरुम सञ्चालनसँगै ओरा५ र हाभल जोलियन म्याक्स ईभी दुवै गाडीको टेस्ट ड्राइभ तथा बुकिङ औपचारिक रूपमा खुला गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...