ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार लन्च हुँदै, चीनमा प्री–सेल सुरु

काठमाडौं–ग्रेट वाल मोटर (जिडब्लुएम) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५ को प्री–सेल सुरु गरेको छ । सुरुवाती मूल्य १५ हजार ४०० डलर कायम गरी कम्पनीले चिनियाँ बजारमा बुकिङ लिन थालेको हो ।

६ वटा कलर अप्सनमा उपलब्ध हुने ओरा५ ४८० र ५८० किलोमिटर रेन्ज विकल्पका साथ कुल ५ वटा ट्रिममा उपलब्ध हुनेछ । उन्नत ड्राइभिङ एसिस्टेन्स सिस्टमका लागि कारको हाई ट्रिममा अत्याधुनिक लिडार समेत उपलब्ध गराइएको छ ।

रेट्रो शैलीमा डिजाइन गरिएको ओरा५ को लम्बाई ४४७१ मिमी, चौडाई १८३३ मिमी र उचाई १६४१ मिमी तथा ह्विलवेश २७२० मिमी छ । कारमा १५० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ भने ब्याट्री प्याक ४५.३ र ५८.३ किलोवाट आवर अप्सनमा उपलब्ध हुनेछ ।

ओरो५ को इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको २.५ के फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको मिनिमिलिस्टिक डिजाइन रहेको छ, जसमा दुई–स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्वील पाइने छ । गाडीको अपरेटिङ सिस्टम जिडब्लुएमको तेस्रो–पुस्ताको कफी ओएसद्वारा समर्थित छ ।

चिनियाँ बजारमा छिट्टै लन्च हुने तयारीमा रहेको ओरा५ निकट भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । ग्रेटवाल मोटर्सका सवारीसाधान भीजी इम्पेक्स प्रालिले बिक्री गर्दै आएको छ । कम्पनीले हाल यसको ओरा ०३ इलेक्ट्रिक कार उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

टेस्लाको पहिलो इलेक्ट्रिक ट्रक पेप्सीलाई डेलिभरी, सामान्य कार भन्दा ३ गुणा शक्तिशाली

टेस्लाको पहिलो इलेक्ट्रिक ट्रक पेप्सीलाई डेलिभरी, सामान्य कार भन्दा ३ गुणा शक्तिशाली

टेस्लाले आफ्नो इलेक्ट्रिक ट्रकको डेलिभरी पेप्सीलाई दिएको छ । सो...

हार्ले डेभिडसनले ल्यायो सबैभन्दा सस्तो बाइक

हार्ले डेभिडसनले ल्यायो सबैभन्दा सस्तो बाइक

हार्ले डेभिडसनले ३५० सीसी सेगमेन्टमा अहिलेसम्मकै सस्तो बाइक एक्स ३५० लन्च...

औपचारिक लन्च पहिले आइकार भी२३ को पहिलो झलक सार्वजनिक, एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने

औपचारिक लन्च पहिले आइकार भी२३ को पहिलो झलक सार्वजनिक, एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने

काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको गाडीको आधिकारिक वितरक एसपीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...