चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा ठुलो दुईपाङ्ग्रे सवारीको बजार बन्न सफल
दुई पाङ्ग्रे सवारीसाधनको बजारमा भारतले चीनलाई पराजित गरेको छ । रिपोर्टका...
नेपालमा गल्फ लुब्रिकेन्टकाे उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजत पत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले वीरगन्जमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी "ड्राइभिङ पार्टनरसिप, फ्युलिङ सक्सेस" नारामा इन्डष्ट्रियल पार्टनर सेमिनार सम्पन्न गरेको छ।
कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा राजेश मान सिंह, विशेष अतिथिको रूपमा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल तथा वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालको उपस्थिति थियो । साथै गल्फ इन्टरनेसनलका केदार रेदे, प्राविधिक डिभिजनका उपमहाप्रबन्धक तपस चक्रवर्ती, सहायक प्रबन्धक अम्लान मल्लको पनि उपस्थिति थियो ।
सो कार्यक्रममा गल्फ इन्टरनेसनलका प्रतिनिधिहरूले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षमा चर्चा गर्दै स्टिल, सिमेन्ट, निर्माण, खानी लगायतका औद्योगिक क्षेत्रका लागि गल्फ लुब्रिकेन्ट किन उपयुक्त छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरेका थिए। सो कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रका १३० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईले भने, “नेपाल ल्यूब आयलले विगत ४० वर्षदेखि बहुराष्ट्रिय गल्फ ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा स्वदेशमै उत्पादन गर्दै आएको छ। आगामी दिनहरूमा, कम्पनीले सिंथेटिक उत्पादनहरू उत्पादन गर्न आफ्नो क्षमता विस्तार गर्ने योजना अघि सारेको छ। यसका लागि आवश्यक अत्याधुनिक प्रयोगशाला र परीक्षण सुविधाहरूको पनि विस्तार गरिँदै छ। यो पहलका माध्यमबाट, औद्योगिक प्रतिष्ठानहरूले उच्च गुणस्तरका उत्पादनहरू सरल र सहज रूपमा सेवा लिन सक्नेछन्। उत्पादनको गुणस्तर र लामो ड्रेनेज क्षमता प्रदान गर्न सक्षम भएकोले गल्फ लुब्रिकेन्टको प्रयोगले उद्योगहरूको कुल लागत घटाउनेछ र मेसिनहरूको आयु पनि बढाउनेछ।"
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्ष देखि लगातार ग्राहक वर्गको रोजाइमा पर्दै आएको कम्पनीकाे दावी छ ।
दुई पाङ्ग्रे सवारीसाधनको बजारमा भारतले चीनलाई पराजित गरेको छ । रिपोर्टका...
चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा...
प्रविधिको द्रुत विकाससँगै ह्याकिङजस्ता साइबर जोखिमहरू बढिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...