के गाडीको इन्जिन आयल पनि एक्सपायर हुन्छ ?
कार, मोटरसाइकल, स्कुटर वा कुनै पनि मोटर गाडी चलाउनुहुन्छ भने त्यसको...
काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निः शुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ ।
आफ्नो आधिकारिक बिक्रेता गणपति इन्टरप्राइजेज मार्फत नुवाकोटस्थित सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प बैशाख १६ देखि १८ सम्म सम्पन्न गरेको थियो।
नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कुटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रदान गरिएको थियो। सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशत सम्मको आकर्षक छुट सहभागी ग्राहकले पाएका थिए । क्याम्पमा ग्राहकहरुको लागि जलपानको पनि उत्कृष्ट व्यवस्था गरिएको थियो।
क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जनाएको छ। क्याम्प बारे प्रतिक्रिया दिदै सागर रिमाल मोटरसाइकल वर्कसपका संचालक सागर रिमालले भने, ‘गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरिएको यो क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता थियो। उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका थिए। आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न हामीलाई प्रेरणा मिलेको छ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रेमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । गल्फले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ।
कार, मोटरसाइकल, स्कुटर वा कुनै पनि मोटर गाडी चलाउनुहुन्छ भने त्यसको...
काठमाडौँ – नेपालमा म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं–बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...