नेपाल आयो नयाँ इलेक्ट्रिक स्कुटर गोभा ५ , आजै १० जना ग्राहकलाई चाबी हस्तान्तरण

इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ लाई आज नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागी आधिकारिक बितरक इको इन्फिनिटीले आज एक कार्यक्रमको आयोजना गरी सो स्कुटर लन्च गरेको हो । साथै उसले यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ ।

आधुनिक स्टायलसंगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटर एकदमै स्टाइलिस देखिएको छ । यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरेको छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिने यो स्कुटरको दुबै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ । यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्विनेशन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्वर जस्ता फिचर्स दिइएको छ ।

रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको शुरुवाती मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

ग्रेटवाल मोटरले २०२४ बेइजिङ अटो शोमा २०२४ मोडलको ओरा ३ लन्च गरेको छ ।...

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले लगभग १ हजार ५ सय किलोमिटर रेन्ज दिन सक्ने अर्को पुस्ताको...

टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने

टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...